अमेरिकी सैनिकको संख्या बढाउने विषयमा जर्मनीलाई आश्वस्त पार्दै पोल्याण्ड
पोल्यान्ड, असार २
अमेरिकी सैनिकको संख्या बढाउने पोल्याण्डको योजनाबारे प्रधानमन्त्री मातेउज मोराविकीले सोमबार जर्मनीलाई आश्वस्त पारेका छन् । पोल्याण्डमा अमेरिकी सैनिकको संख्या बढाउने विषय जर्मनीले असहज रूपमा लिएपछि पोल्याण्डको सरकारको तर्फबाट जर्मनीको विश्वास लिने प्रयास भएको हो ।
‘अमेरिकाले जर्मनीमा आफ्नो सैनिकको उपस्थितिलाई घटाउने योजना वाल स्ट्रिट जोर्नलमा प्रकाशित समाचारमा आएको केही दिनपछि पोल्याण्डमा अमेरिकी सैनिकको केही संख्यालाई बढाउने योजना अघि सारिएको हो’, सोमबारको एक अन्तर्वार्तामा मोराविकीले भने, ‘हाम्रो चाहना अमेरिकी सेनाको जर्मनीमा हुने खर्चमा कटौति गर्ने होइन ।’ जर्मन विदेश मन्त्री हेको मासको मङ्गलबार हुने वार्सा भ्रमणको पूर्वसन्ध्यामा पोलिस प्रधानमन्त्रीको यो भनाइ आएको हो ।
अमेरिकाले जर्मनीमा रहेको आफ्नो सैनिक संख्यालाई ३४ हजार ५ सयबाट २५ हजारमा झार्ने अमेरिकी योजना र पोल्याण्डमा अमेरिकी सैनिक थप्ने चर्चाप्रति जर्मनीका राजनीतिज्ञरूले चासो व्यक्त गरिरहेका समय पोल्याण्डका प्रधानमन्त्रीले जर्मनीको संख्या काटेर पोल्याण्डमा लाने नभई अमेरिकासँग यसबारे छुट्टै छलफल भइरहेको बताए । जर्मनीको सेना काटेर पोल्याण्ड लाने विषय नेटो गठबन्धनमाथि घातक र रूसी रणनीतिकको अर्को विजय हुने भन्दै उनले जर्मनीलाई विश्वस्त पार्ने प्रयास गरेका छन् । तर अमेरिकाले जर्मनीबाट हटाउने सैनिकलाई पोल्याण्डमा राख्ने हो वा छुट्टै थप वललाई यूरोप ल्याउने हो भन्नेबारे अझै प्रष्ट भएको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया