Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअष्ट्रेलियाली आर्थिक वृद्धिदर बढ्यो

अष्ट्रेलियाली आर्थिक वृद्धिदर बढ्यो


क्यानवेरा । अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा शून्य दशमलव एक प्रतिशतले बढेको छ । अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस)ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) शून्य दशमलव एक प्रतिशत र मार्चको अन्त्यसम्म १२ महिनामा एक दशमलव एक प्रतिशतले बढेको छ ।

तुलनात्मक रूपमा, अष्ट्रेलियाको कुल गार्हस्थ उत्पादनको अन्तिम तीन महिनामा शून्य दशमलव दुई प्रतिशत र डिसेम्बर २०२३ मा एक दशमलप पाँच प्रतिशतले बढेको छ ।

विवरणबारे कोषाध्यक्ष जिम चाल्मर्सले बजारको मध्यम वृद्धिको अपेक्षाभन्दा कम भएको जनाएका छन् । कमजोर वृद्धिको प्राथमिक कारण उच्च ब्याज दर, मध्यम तर निरन्तर मुद्रास्फीति र चलिरहेको विश्वव्यापी अनिश्चितता लगायत भएको उनले बताए । यद्दपी उनले घरेलु र विश्वव्यापी परिस्थितिका वृद्धि स्वागतयोग्य भएको जनाएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x