भारतका प्रधानमन्त्री मोदीले लिए पद तथा गोपनीयताको शपथ
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति भवनका आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । लोकसभा चुनावमा उनको दल भाजपाले एकल बहुमत नल्याएपछि उनले गठबन्धनबाट प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति मुर्मुले मोदीलाई शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’सहित दक्षिण एसियाका केही मुलुकका राष्ट्र प्रमुख र प्रधानमन्त्री पुगेका थिए । प्रधानमन्त्री मोदी यसअघि सन् २०१४ र २०१९मा प्रधानमन्त्री नियुक्त भएका थिए ।
शपथग्रहणलगत्तै प्रधानमन्त्री मोदीले महत्वपूर्ण मन्त्रालयमा पुरानै मन्त्रीहरुलाई दोहो¥याएका छन् । राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, जेपी नाड्डा, शिवराज सिंह चौहान, निर्मला सीतारमण, एस जयशंकर, मनोहरलाल खट्टर, एसडी कुमारस्वामी, पियुष गोयल, धर्मेन्द्र प्रधान, जीतनराम माझीलगायत क्याबिनेट मन्त्री बनेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया