Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतमा कोभिड–१९ संक्रमितको उपचारमा ‘स्टेरोइड डेक्सामेथासोन’को सफल नतिजा

बेलायतमा कोभिड–१९ संक्रमितको उपचारमा ‘स्टेरोइड डेक्सामेथासोन’को सफल नतिजा


लन्डन, असार ३
बेलायतमा कोभिड–१९ संक्रमणको गम्भीर समस्या रहेका एक तिहाइ बिरामीको जीवन जोगाउन ‘स्टेरोइड डेक्सामेथासोन’ को प्रमुख भूमिका रहेको अन्वेषकहरूले बताएका छन् । मंगलबार सार्वजनिक परीक्षण परिणामबारे दिइएको जानकारीमा डेक्सामेथासोनको भूमिका बेलायतमा गम्भीर खालका कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा वरदान नै बनेको उल्लेख गरिएको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग सम्बन्धित अन्वेषकहरूको टोलीले भनेको छ, ‘बेलायतमा प्रशस्त पाइने ‘स्टेरोइड डेक्सामेथासोन’ औषधिले गम्भीर प्रकृतिका संक्रमित दुई हजार व्यक्तिको जीवन बचाउन सफल भएको छ ।’

अनुसन्धानको प्रारम्भिक रिपोर्ट अनुसार मेसिनको सहायतामा कृतिम श्वास दिई उपचार गर्नु परेका कोभिड–१९ संक्रमित ३५ प्रतिशत बिरामीको मृत्युलाई कम गरेको थियो भने अक्सिजन दिनु परेका विरामीमध्ये पाँचमा एक जनाको संक्रमणलाई निको पारेको थियो ।

उक्त रिपोर्टमा भनिएको छ, ‘डेक्सामेथासोनको दैनिक मात्राहरूले हरेक आठमा एक जना भेन्टिलेटरको प्रयोगमा पुगेका कोभिड–१९ विरामी र अक्सिजन दिएर राखिएका हरेक २५ संक्रमित विरामीमध्ये एकलाई रोगसँगको लडाईंमा सफलता मिलेको थियो ।’ यो परीक्षण उपचार असम्भव देखिएका वा जटिल प्रकृतिका कोरोनाभाइरस संक्रमित करिब चार हजार विरामीलाई गरिएको थियो ।

अक्सफोर्ड विश्वविद्यालयका नुफिल्ड चिकित्सा विभाग संक्रामक रोगविज्ञ प्राध्यापक पिटर होर्बीले भने, ‘डेक्सामेथासोन कोभिड–१९ संक्रमित विरामीको स्वास्थ्य सुधार गर्न सफल पहिलो औषधि भएको छ । यो स्वागतयोग्य नतिजा भएको छ । डेक्सामेथासोन उपलब्ध औषधिमध्ये सस्तो र विश्वभर सहजरूपमा पाइने जटिल विरामीको स्वास्थ्यमा सुधार गर्न सफल औषधि हो ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x