आईएमएफद्वारा श्रीलङ्काको कर्जा सहयोग निकासा
वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चीनलगायत श्रीलंकाको वैदेशिक ऋणको महत्वपूर्ण पुनर्संरचनामा ढिलाइ भए पनि ३३ करोड ६० लाख अमेरिकी डलरबराबरको ऋण किस्ता (बेलआउट)का रुपमा निकासा गरेको छ ।
आईएमएफले आफ्नो पछिल्लो समीक्षापछि भनेको छ, ‘श्रीलङ्काले पुनरुत्थान गर्न थालेको छ, तर अर्थतन्त्र अझै पनि कमजोर छ र ऋणको दिगोपनाको बाटो जाखिममा नै रहेको छ ।’
सन् २०२२ को अप्रिलमा खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुको आयातका लागि समेत विदेशी मुद्रा अभाव भएपछि श्रीलंकाले आफ्नो बाह्य ऋण तिर्न नसकेपछि आईएमएफले उसलाई नियमित किस्ता तिर्ने सर्तमा ऋण उपलब्ध गराउँदै आएको छ ।
महिनौँसम्म चलेको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई भ्रष्टाचार र कुव्यवस्थापनको आरोप लागेपछि पद छोड्न बाध्य बनाएको थियो भने देशलाई सबैभन्दा खराब आर्थिक सङ्कटमा धकेलेको थियो ।
आईएमएफको कर्जा समितिले कोलम्बोसँग गत मार्चमा भएको कर्मचारीस्तरीय सम्झौतालाई अनुमोदन गरेको छ ।
समितिले ऋण पुनर्संरचना सम्झौतामा पुग्न श्रीलंकाको प्रयासको स्वागत गरेको छ, तर देशले द्विपक्षीय ऋणदाता, निजी ऋणदाता र चीनको निर्यात–आयात बैंकसँगका सम्झौताहलाई छिटो अन्तिम रूप दिनुपर्छ ।
आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्देशकले बाह्य निजी ऋणदातासँग तुलनात्मक, पारदर्शी र समयमै पुनर्संरचना पूरा गर्ने महत्वमा जोड दिएका छन् ।’ श्रीलंकाको कुल वैदेशिक ऋणको करिब १० प्रतिशत हिस्सा बेइजिङले ओगटेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया