Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत


कोलम्बो । श्रीलङ्काले विदेशी मुद्रा सङ्कटबाट उन्मुक्ति पाउँदै गएको र अर्थतन्त्रमा अपेक्षा गरिएभन्दा सुधार भएको जनाएको छ । सोमबार पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै विदेशी मुद्रा सङ्कटबाट सुधार जारी रहेको र अर्थतन्त्र पाँच दशमलव तीन प्रतिशतले विस्तार भएको जनाएको छ ।

अघिल्लो त्रैमासको तुलनामा जनवरीदेखि मार्चसम्म आर्थिक वृद्धिमा सुधार देखिएको बताइएको छ । गतवर्षको पहिलो त्रैमासमा १० दशमलव सात प्रतिशतले अर्थतन्त्र सङ्कुचनमा थियो ।

ब्लूमबर्ग न्युजको सर्वेक्षणमा चार प्रतिशतको पूर्वानुमान रहेको तर पहिलो त्रैमासिकको सुधारले अनुमान गरिएभन्दा बढी (पाँच दशमलव तीन प्रतिशत) सुधार देखिएको हो । उपअर्थमन्त्री रञ्जित सियाम्बलापितियाले सरकारले सन् २०२४ मा समग्र वार्षिक वृद्धि दुई दशमलव दुई प्रतिशत हुने अपेक्षा गरेको बताएका छन् ।

सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरेको दुई वर्षपछि सकारात्मक वृद्धि हासिल गर्न सफल हनु उल्लेखनीय भएको उनले बताए । आधिकारिक तथ्याङ्कले सन् २०२३ को जनवरीदेखि मार्चसम्ममा २४ दशमलव तीन प्रतिशत सङ्कुचनको तुलनामा पहिलो त्रैमासिकमा ११ दशमलव आठ प्रतिशतको विस्तारका साथ औद्योगिक क्षेत्रमा तीव्र सुधार देखिएको छ ।

सेप्टेम्बर २०२२ मा मुद्रास्फीति ७० प्रतिशतको शिखरबाट मेमा शून्य दशमलव नौ प्रतिशतमा झरेको कारण निर्माण क्षेत्रमा पनि सुधार देखिएको छ । गतहप्ता अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलङ्कालाई चार वर्षको दुई दशमलव नौ अर्ब डलर कर्जा सहयोगको एक भागको रूपमा तीन करोड ३६ लाख अमेरिकी डलर प्राप्त गरेको थियो । श्रीलङ्का सन् २०२२ अप्रिलमा ४६ अर्ब डलरको विदेशी ऋण तिर्न नसक्दा आर्थिक सङ्कटमा परेको थियो ।

सन् २०२२ मा आर्थिक सङ्कटको चरम अवस्थामा आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि श्रीलङ्कामा महिनाौँसम्म खाद्यान्न, इन्धन र औषधीको अभाव देखिएको थियो । यसैको परिणामस्वरूप सुरू भएको नागरिक आन्दोलनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षको निवासमा आक्रमण गरेको र आन्दोलनले उनलाई पदबाट हट्न बाध्य बनाएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x