Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजी–७ को वक्तव्यप्रति चीनको विरोध

जी–७ को वक्तव्यप्रति चीनको विरोध


चीन । आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी–७)का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमबार आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सोमबार नियमित पत्रकार भेटघाटमा प्रतिक्रिया जनाएका हुन् ।

प्रवक्ता जियानले जी–७ को वक्तव्यले ‘चीनमाथि निन्दा र आक्रमण’ गरेको बताएका हुन् । उनले भने, ‘यसमा कुनै तथ्यगत, कानुनी आधार छैन, साथै यसको नैतिक औचित्य छैन र भनाइ अहङ्कार, पूर्वाग्रह र झुटले भरिएको छ ।’

गतसाता इटालीमा भएको जी–७ का नेताहरूको बैठकमा बेइजिङसँगको तिक्ततापूर्ण व्यापारिक सम्बन्धका साथै युक्रेन र दक्षिण चीन सागरको तनावलाई लिएर छलफल भएको थियो ।

शिखर सम्मेलनको अन्त्यमा जारी विज्ञप्तिमा भनिएको छ, ‘चीनले युक्रेनमा रूसी युद्धलाई सहयोग पु¥याइरहेको र चीनले रूसलाई दोहोरो प्रयोग गर्ने युद्ध सामग्रीहरू पठाइरहेको छ ।’

गतवर्षको शिखर सम्मेलनको तुलनामा कडा भाषा प्रयोग गर्दै जी–७ को वक्तव्यमा दक्षिण चीन सागरमा चीनको ‘सैन्यीकरण, बलजफ्ती र धम्कीपूर्ण गतिविधि’को पनि आलोचना गरिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x