Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ अर्थतन्त्रमा क्रमिक सुधार

चिनियाँ अर्थतन्त्रमा क्रमिक सुधार


बेइजिङ । चिनियाँ अर्थतन्त्रमा क्रमिक सुधार आउने क्रम जारी छ । मे महिनामा औद्योगिक उत्पादनको स्थिर वृद्धि र उपभोक्ता खर्च वृद्धि भएको राष्ट्रिय तथ्यांक ब्युरोको तथ्याङ्कले देखाएको छ ।

मे महिनामा, मूल्य अभिवृद्धि औद्योगिक उत्पादन, एक महत्वपूर्ण आर्थिक सूचक, वर्षमा पाँच दशमलव छ प्रतिशतले बढेको छ । उपकरण र उच्च प्रविधि उत्पादन क्षेत्रहरूले गत महिना बलियो वृद्धि देखए, तिनीहरूको उत्पादन क्रमशः वार्षिक साढे सात प्रतिशत र १० प्रतिशत बढी देखिएको छ ।

मार्चमा घोषणा गरिएको औद्योगिक उपकरण स्तर वृद्धिका उपायहरु क्रमशः लागू हुनेछन्, जसले औद्योगिक उत्पादनलाई प्रोत्साहन गर्ने ब्युरोका प्रवक्ता लिउ एहुआले जानकारी दिएका छन् ।

तथ्याङ्कहरुले चिनियाँ अर्थतन्त्रको स्वस्थ्य रिकभरी भएको देखाउँछ । चीनको रेन्मिन विश्वविद्यालयको चोङ्याङ इन्स्टिच्युट फर फाइनान्सियल स्टडीजका वरिष्ठ फेलो लिउ झिकिनले चीनको आर्थिक विकास नयाँ रिकभरीको लागि सही बाटोमा रहेको बताए ।

चीनमा मे महिनामा उपभोग्य वस्तुको कुल खुद्रा बिक्री तीन दशमलव सात प्रतिशतले बढेर तीन दशमलव ९२ ट्रिलियन युआन (पाँच सय ३७ बिलियन अमेरिकी डलर) पुगेको तथ्यांकले देखाएको छ ।

सोही महिनामा सामानको खुद्रा बिक्री गतवर्षको तुलनामा तीन दशमलव छ प्रतिशतले बढेर तीन दशमलव ४९ ट्रिलियन युआनभन्दा बढी पुगेको छ भने खानपानको राजस्व चार सय २७ दशमलव चार बिलियन युआन पुगेको छ जुन वर्षको तुलनामा पाँच प्रतिशतले बढेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x