Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतसँग श्रीलङ्काको सक्रिय सहकार्य

भारतसँग श्रीलङ्काको सक्रिय सहकार्य


कोलम्बो । श्रीलङ्काले भारतसँग सक्रिय सहकार्य गरिरहेको जनाएको छ । खासगरी सौर्य तथा पवन ऊर्जा र हरित हाइड्रोजन प्राप्तिजस्ता क्षेत्रमा भारतसँग सक्रिय सहकार्य गरिरहेको राष्ट्रपति रानिल विक्रमसिंघेले बताएका छन् ।

श्रीलङ्काले उद्योगको प्रतिस्पर्धात्मक क्षमता सुधारका लागि आवश्यक कोषको सुविधा दिने विकास बैंक स्थापना गर्न पनि खोजिरहेको राष्ट्रपति विक्रमसिंघेले बताएका छन् ।

अन्तर्राष्ट्रिय उद्योग एक्सपो २०२४ को बुधबार आयोजित उद्घाटनलाई सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिंघेले साना र मध्यम स्तरका उद्यमीहरूलाई सहयोग गर्न इन्टरप्राइज श्रीलङ्का नामक नयाँ एकाइ स्थापना गर्ने योजना रहेको बताएका छन् । श्रीलङ्काका राष्ट्रपतिले प्रधानमन्त्री नरेन्द्र मोदीसँग यी पहलहरूबारे छलफल गरिसकेको उल्लेख गरेका छन् ।

‘हामी यी योजनामा भारतसँग सक्रियरूपमा सहकार्य गरिरहेका छौँ । मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा छलफल गरिसकेको छु र भोलि भारतीय विदेशमन्त्रीसँग थप छलफल हुने अपेक्षा गरेको छु, ’उनले भने । अडानी कम्पनीले श्रीलंकामा आफ्नो काम सुरु गरेको उनले बताए । यसबाहेक, भारतका विदेश मन्त्री एस जयशङ्करले जुन २० मा श्रीलंकाको आधिकारिक भ्रमण गर्ने तयारी गरिएको विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

आफ्नो भ्रमणको क्रममा भारतीय विदेशमन्त्रीले दुई देशबीचको साझेदारीका विस्तृत मुद्दाहरूमा श्रीलङ्काका नेतृत्वसँग बैठक गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विदेशमन्त्रीको यो पहिलो द्विपक्षीय भ्रमण हुने भारतीय विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । ‘विदेशमन्त्री जयशङ्करको भ्रमणले आफ्नो सबैभन्दा नजिकको समुद्री छिमेकी र समय–परीक्षित मित्रको रूपमा भारतको निरन्तर प्रतिबद्धतालाई रेखाङ्कित गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x