पाकिस्तानमा एकै दिन ६ हजार कोरोना संक्रमित
इस्लामाबाद, असार ४
पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा पाकिस्तानमा ५ हजार ८ सय ३९ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितको कुल संख्या १ लाख ५४ हजार ७ सय ६०
पुगेको छ ।
पाकिस्तानमा कोरोनाभाइरससँग सम्बन्धित मृतकको संख्या २ हजार ९ सय ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले ५८ हजार ४ सय ३७ जना निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको जनाएको छ । पाकिस्तानको पन्जाब प्रान्तमा सर्वाधिक व्यक्ति अर्थात् ५८ हजार ३ सय २९ जना संक्रमित भएका छन् भने सिन्ध प्रान्तमा ५७ हजार ८ सय ६८ जनामा संक्रमण देखिएको छ ।
राष्ट्रिय स्वास्थ्य सेवा विभागका डा जाफर मिर्जाले पाकिस्तानमा कोविड–१९ को उपचारमा बेलायतमा सफल देखिएको डेक्सामिथासोन औषधि प्रयोग गर्न लागिएको जानकारी दिए । उनले पाकिस्तानी विज्ञ समितिले यसबारेमा चाँडै निर्णय गर्न लागेको पनि बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया