भारतीय सेयबजारमा फेरि नयाँ रेकर्ड
नयाँदिल्ली । भारतीय सेयरबजारले मंगलबार फेरि नयाँ रेकर्ड बनाएको छ । भारतीय सेयरबजारका दुवै प्रमुख सूचककहरुले मंगलबार नयाँ अलटाइम हाई विन्दु बनाएका छन् ।
मंगलबार सेन्सेक्स सात सय १२ अंकले बढेर ७८ हजार ५३ विन्दुमा बन्द भएको छ । सेन्सेक्स इन्ट्रा डे कारोबारमा ७८ हजार एक सय ६४ विन्दुसम्म कायम भएको छ । अर्को परिसूचक निफ्टी ५० पनि एक सय ८३ अंकले बढेर २३ हजार सात सय २१ विन्दुमा कायम भएको छ ।
बैंकिङ र वित्तीय क्षेत्रका कम्पनीहरुको सेयरमूल्य छिटो बढेको छ । श्रीराम फाइनान्सको सेयरमूल्य तीन दशमलव ९५ प्रतिशत र एक्सिस बैंकको तीन दशमलव ६३ प्रतिशतले सेयरमूल्य बढेको छ । धातु, अटो र ऊर्जा क्षेत्रका कम्पनीहरुको सेयरमा भने चाप परेको थियो ।
भारतीय सेयरबजारमा मंगलबार ब्लुचिप कम्पनीहरुमा खरिद चाप र अन्य एसियाली बजारको प्रभाव परेपछि ऐतिहासिक उचाइमा पुगेको देखिन्छ । यस्तै यस वर्षको अन्त्यसम्म ब्याजदर कटौती हुने लगानीकर्ताको अपेक्षा रहेकाले पनि बजार सकारात्मक बन्न सघाउ पुगेको विश्लेषकहरुको तर्क छ ।
एसियाली बजार सकारात्मक
सबैजसो एसियाली मुलुकका सेयरबजार सकारात्मक देखिएका छन् । जापानको निक्की शून्य दशमलव ९५ प्रतिशत बढेको छ । दक्षिण कोरियाको कोस्पी शून्य दशमलव ३५ प्रतिशत बढेको छ । हङकङको ह्याङ सेङ पनि शून्य दशमलव २५ प्रतिशतले बढेको छ । चीनको सेयरबजारमा भने गिरावट देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- काठमाडौँका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित
- ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता
- कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह
- बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
- ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो
- दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
- झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया