विश्व बैंकद्वारा श्रीलङ्कालाई एक सय ५० मिलियन डलर ऋण स्वीकृत
कोलम्बो । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले श्रीलङ्काको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर र उपयोग सुधार गर्नका लागि एक सय ५० मिलियन अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ ।
विश्व बैंकले परियोजनाले स्थानीय समुदायलाई आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने प्राथमिक चिकित्सा सेवा संस्थाको प्रयोग बढाउने र हेरचाहको गुणस्तर सुधार गर्न मद्दत गर्ने जनाएको छ ।
क्षमता चुनौती र औपचारिक संयन्त्रको अभावले श्रीलङ्कामा प्राथमिक स्वास्थ्य सेवा सुविधाको कम उपयोग तथा हेरचाह सुविधामा भीडभाड निम्त्याएको छ ।
अघिल्लो विश्व बैंक समर्थित परियोजनाले पहिले नै पाँच सय ५० प्राथमिक चिकित्सा सेवा संस्थाहरूलाई आवश्यक उपकरण, औषधि, स्वास्थ्य कार्यकर्ता र आधारभूत प्रयोगशाला परीक्षण सुविधासहित विस्तार गरिसकेको छ ।
नयाँ परियोजनाले श्रीलङ्काका सबै जिल्लाहरूमा शतप्रतिशत प्राथमिक चिकित्सा सेवा संस्थाहरूलाई समेट्न यी प्रयासहरूलाई विस्तार गर्नेछ भने थप सेवा प्याकेज र हेरचाहको गुणस्तर सुधार गरी उक हजारभन्दा बढी सुविधाहरूमा विस्तार गर्ने छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया