Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलगानी प्रतिबन्ध लगाउने अमेरिकी प्रस्तावमा चीनको विरोध

लगानी प्रतिबन्ध लगाउने अमेरिकी प्रस्तावमा चीनको विरोध


बेइजिङ । चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले चीनमा अमेरिकी कम्पनीहरुको लगानी प्रतिबन्धित गर्ने अमेरिकी योजनाको विरोध गरेका छन् । अमेरिकी ट्रेजरी विभागले जुन २१ मा चीनमा अमेरिकी लगानी प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो ।

मन्त्रालयको विज्ञप्तिमा अमेरिकी कदमले चिनियाँ र अमेरिकी उद्यमहरु बीचको सामान्य आर्थिक र व्यापारिक सहयोगलाई असर गर्ने र अन्तर्राष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई कमजोर बनाउने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी पक्षले बजार अर्थतन्त्रको कानुन र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तको सम्मान गर्नुपर्छ, आर्थिक र व्यापारिक मुद्दाहरुलाई राजनीतीकरण र हतियार बनाउन बन्द गर्नुपर्छ, चीनमा लगानीमा लगाइएको प्रतिबन्ध हटाउनुपर्छ र चीन र अमेरिकाबीच व्यापारिक सहयोगका लागि सक्षम वातावरण सिर्जना गर्नुपर्छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x