Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसुडानमा खाद्य असुरक्षा झन् बढ्यो

सुडानमा खाद्य असुरक्षा झन् बढ्यो


पोर्ट सुडान । सुडानमा आधाभन्दा बढी जनसंख्या करिब दुई करोड ५६ लाखले उच्चस्तरको ‘गम्भीर खाद्य असुरक्षा’को सामना गरिरहेको संयुक्त राष्ट्र संघले जनाएको छ । बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र संघले सात लाख ५५ हजारले भोकमरीको सामना गरिरहेको र ८५ लाखले आपत्कालीन स्थितिको सामना गरिरहेको उल्लेख गरेको छ ।

अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको नियमित सेना र उनका पूर्वडेपुटी मोहम्मद हमदान डागलोको नेतृत्वमा रहेको शक्तिशाली अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच लडाइँ सुरु भएपछि सुडान सन् २०२३ देखि युद्धको चपेटामा परेको छ ।

युद्धले हजारौँको ज्यान लिएको छ, लाखौँ मानिस विस्थापित भएका छन् र संसारको सबैभन्दा खराब मानवीय संकटमध्ये एकलाई जन्म दिएको छ ।

‘द्वन्द्वको १४ महिनापछि सुडानले देशमा आईपीसीले रेकर्ड गरेको अहिलेसम्मको सबैभन्दा खराब स्तरको खाद्य असुरक्षाको सामना गरिरहेको छ’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनले डिसेम्बरमा प्रकाशित पछिल्लो आँकडाको तुलनामा ‘खाद्य सुरक्षाको स्थितिमा गम्भीर र तीव्र गिरावट’तर्फ सङ्केत गरेको छ । यसमा उच्चस्तरको तीव्र खाद्य असुरक्षाको सामना गर्ने मानिसहरूमा ४५ प्रतिशतले वृद्धि भएको छ ।

‘द्वन्द्वले ठूलो मात्रामा विस्थापन र आपूर्ति मार्गमा व्यवधान मात्र उत्पन्न गरेको छैन, यसले आवश्यक मानवीय सहायतासम्मको पहुँचलाई

पनि गम्भीररूपमा सीमित गरेको छ, जसले स्थिति पहिलाभन्दा गम्भीर भएको छ’, अत्यधिक खराब स्वास्थ्य सेवाहरू, जल प्रदूषण र खराब सरसफाइ तथा स्वच्छताको अवस्थालाई उद्धृत गर्दै आईपीसीले भनेको छ ।

द्वन्द्वग्रस्त क्षेत्रहरूमा फसेका मानिसहरू र लडाइँबाट आन्तरिक वा विदेशमा भागेकाहरू विशेषरूपमा खाद्य असुरक्षाप्रति संवेदनशील भएको प्रतिवेदनले उल्लेख गरेको छ ।

राष्ट्र संघीय विशेषज्ञहरूले द्वन्द्वका दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहेको आरोप लगाएको एक दिनपछि आईपीसीको प्रतिवेदन आएको छ ।

राष्ट्र संघका चार स्वतन्त्र अधिकार विशेषज्ञहरूले बुधबार सेना र आरएसएफ दुवैलाई सैन्य सहायता प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा ‘सहभागी’ रहेको बताएका थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x