Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआईएमएफद्वारा युक्रेनलाई दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत

आईएमएफद्वारा युक्रेनलाई दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत


वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले युक्रेनका लागि १५ अर्ब छ करोड अमेरिकी डलरको ऋण कार्यक्रमको चौथो समीक्षा पूरा गरेपछि युक्रेनलाई सहयोग गर्न दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।

आईएमएफले विस्तारित वित्तीय सहजता कार्यक्रममा युक्रेनको कार्यसम्पादन प्रतिकूल परिस्थितिको बावजुद बलियो रहेको र मात्रात्मक लक्ष्यहरू प्राप्त भएका र संरचनात्मक महत्वका क्षेत्रमा समयमै वा छोटो समयमा नै लागू गरिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
आईएमएफले गत अप्रिलमा जारी गरेको आर्थिक विवरणमा अघिल्लो तीन दशमलव दुई प्रतिशतको पूर्वानुमानको तुलनामा सन् २०२४ मा युक्रेनको जीडीपी वृद्धिको लागि दुई दशमलव पाँच र तीन दशमलव पाँच प्रतिशतको दायरामा आफ्नो पूर्वानुमान परिमार्जन गरेको छ ।

आईएमएफले युक्रेनमा रूसी सैन्य कारबाहीमा हालैका घटनाक्रमका कारण त्यहाँको पूर्वाधारमा क्षति पु¥याएको रूसी आक्रमणको वृद्धिका कारण उपभोक्ताको भावना र व्यावसायिक विश्वासमा आएको गिरावटलाई औँल्याएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यो जुनको सुरूमा किएभलाई समर्थन गर्न हाल उपलब्ध रहेको सहायता कार्यक्रमको चौथो समीक्षाको बारेमा युक्रेनी सरकारसँग सम्झौतामा पुगेको घोषणा गरेको छ । यसले दुई अर्ब २० करोड अमेरिकी डलर वित्तीय सहायता उपलब्ध गराउने ढोका खोल्छ । रासस÷क्यूएनए


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x