Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआकस्मिक हड्तालपछि चार सयभन्दा बढी उडान रद्द

आकस्मिक हड्तालपछि चार सयभन्दा बढी उडान रद्द


टोरन्टो । क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हड्तालपछि चार सयभन्दा बढी उडानहरू रद्द गरेको छ ।

क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रु प्रभावित हुनेगरी चार सय सात उडान रद्द भएको जनाएको छ ।

एयरलाइन प्रशासन ‘युनियनसँग वार्ता गर्न अनिच्छुक’ भएको कारण एयरक्राफ्ट मेकानिक्स फ्रेटरनल एसोसिएसनले आफ्ना सदस्यहरूले शुक्रबार साँझदेखि हड्ताल सुरु गरेको र यो अपरिहार्य भएको बताएको छ ।

संघीय सरकारले बिहीबार बाध्यकारी मध्यस्थताका लागि मन्त्रीस्तरीय आदेश जारी गरेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान प्रभावित हुनेगरी आकस्मिक हडताल भएको हो । त्यसपछि नयाँ सम्झौताका लागि युनियनसँग दुई हप्तासम्म चलेको अशान्त छलफलपछि यस्तो भएको हो ।

वेस्टजेटले सोमबार क्यानडा डेमा समापन हुने लामो सप्ताहन्तका लागि आइतबारसम्म विमान पार्किङ जारी राख्ने जनाएको छ । एयरलाइन्ससँग करिब दुई सय वटा जहाज छन् र आइतबार साँझसम्ममा करिब ३० वटा उडान भर्ने कम्पनीले जनाएको छ । रासस/एपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x