Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा जीएसटीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी

भारतमा जीएसटीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी


नयाँदिल्ली । कपालमा लगाउने तेल, टुथपेस्ट, साबुन, डिटर्जेन्ट र लुगा धुने पाउडर, गहुँ, चामल, दही, लस्सी, नाडी घडीहरू, ३२ इन्चसम्म टीभी, फ्रिज, वासिङ मेसिन, मोबाइलफोनजस्ता प्रमुख वस्तुहरूमा जीएसटी दरहरू पर्याप्तरूपमा घटाइएको छ । यसले मुलुकका जनतालाई फाइदा पुर्याएको छ ।

वित्त मन्त्रालयको एक अध्ययनले उपभोक्ताहरूले जीएसटीपछि आफ्नो घरायसी मासिक खर्चको कम्तीमा चार प्रतिशत बचत गरेको जनाएको छ । यसरी अहिले उपभोक्ताले दैनिक उपभोग्य वस्तु जस्तैः अनाज, खाने तेल, चिनी, मिठाइ र खाजामा कम खर्च गर्नेगरेका छन् ।

भारतको इतिहासको प्रमुख कर सुधार वस्तु तथा सेवा कर (जीएसटी) सोमबार सात वर्ष पूरा भएको छ । जीएसटी सन् २०१७ जुलाई १ मा लागू गरिएको थियो । सरकारले अत्यावश्यक र दैनिक उपभोग्य वस्तुको करको दर क्रमशः घटाएको छ ।

जीएसटी काउन्सिलमा राज्यहरू र केन्द्र शासित प्रदेशहरूको सहमतिमा निर्णयहरूको दायरा लिइएको छ । यसबाट घरपरिवारहरूलाई एक वा अर्को तरिकामा फाइदा पुर्याएको थियो ।

जीएसटी काउन्सिलले घरायसी बजेटलाई समर्थन गर्दै दैनिक प्रयोगका प्रमुख उपभोग्य वस्तुहरूमा समय–समयमा करहरू घटाएको छ । पहिलै अन्तःशुल्क, सेवा कर, मूल्य अभिवृद्धि कर, खरिद कर, मनोरञ्जन करजस्ता धेरै करहरू हुँदा उपभोक्ताहरूमा बहु तहको बोझ थियो ।

जीएसटीले ठूलो कर र धेरै उपकरहरू पनि समावेश गरेको छ । यसले भारतभर करको संरचनामा एकरूपता ल्याएको छ भने करहरूको व्यापक प्रभाव समाप्त भएको छ । जीएसटीअन्तर्गत व्यवसायहरूले दोहोरो करबाट बच्न, इनपुटमा तिरेको करको लागि क्रेडिट दाबी गर्न सक्छन् ।

पहिलेको व्यवस्थामा दर, कानुन र प्रक्रियाको बहुलता थियो । यसले भारी अनुपालन बोझ निम्त्याएको थियो भने वस्तुको अन्तरराज्यीय ढुवानीमा अवरोध खडा गरेको थियो । सन् २००० मा तत्कालीन सरकारले जीएसटीको अवधारणा बनाएको र जीएसटी मोडेल डिजाइन गर्न समिति गठन गरेको थियो । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x