Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा शुल्क एक सय २५ प्रतिशत बढायो

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा शुल्क एक सय २५ प्रतिशत बढायो


सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा आवेदन शुल्क एक सय २५ प्रतिशत बढाएको छ । अष्ट्रेलियाले जुलाई १ देखि लागू हुनेगरी प्रतिआवेदन भिसा शुल्क सात सय १० बाट बढाएर एक हजार छ सय अष्ट्रेलियन डलर पुर्याएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अब अस्ट्रेलियाका विश्वविद्यालयहरुमा अध्ययन गर्नका लागि पहिलेको तुलनामा थप आठ सय ९० अष्ट्रेलियन डलर तिर्नुपर्ने भएको छ ।

अष्ट्रेलियाको माइग्रेसन स्ट्राटेजी लागू भएको छ र धेरै अन्य नियमहरु लागू भएका छन् । अष्ट्रेलियाका गृह मामिला मन्त्री क्लेयर ओनिलले एक विज्ञप्तिमार्फत अष्ट्रेलियालाई राम्रो, छरितो र प्रभावकारी काम गर्नसक्ने आप्रवाससम्बन्धी प्रणाली सिर्जना मद्दत गर्ने बताएकी छन् ।

कोभिड–१९को लकडाउन खुला भएपछि अस्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढेको थियो । अहिले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या छ लाख ५० हजारभन्दा धेरै छ । यो संख्या एक दशकअघिको भन्दा दोब्बर धेरै हो ।

अस्ट्रेलियाले अस्थायी स्किल्ड माइग्रेसन इन्कम थ्रेसहोल्ड पनि बढाएर ७३ हजार एक सय ५० अस्ट्रेलियन डलर पुर्याएको छ । यसअघि ७० हजार अष्ट्रेलियन डलर थियो । अष्ट्रेलियाले अस्थायी स्नातक भिसाको अवधि घटाउने र उमेर योग्यता पनि घटाउने घोषणा गरेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x