Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा ब्याजदर अझै नघट्ने सङ्केत

अमेरिकामा ब्याजदर अझै नघट्ने सङ्केत


पोर्चुगल । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर घटाउन मूल्यवृद्धि कम भएको थप प्रमाणहरु चाहिने बताएका छन् ।

युरोपेली केन्द्रीय बैंकद्वारा प्रायोजित पोर्चुगल मौद्रिक नीति सम्मेलनमा सहभागी हुनपुगेका पावेलले ब्याजदर घटाउन मुद्रास्फीति थप घटेको प्रमाण चाहिने बताएका हुन् । उनको यो भनाइसँगै अमेरिकामा अझै केही समय ब्याजदर घट्ने सम्भावना कम देखिन्छ ।

मे महिनाको तथ्याङ्कले फेडको मुद्रास्फीतिको रुचाइएको मापन त्यो महिना नबढेको देखिन्छ । जब कि १२ महिनाको मूल्य वृद्धिदर दुई दशमलव छ प्रतिशतले घटेको छ । केन्द्रीय बैंकले लिएको दुई प्रतिशतको लक्ष्यभन्दा माथि रहेकाले थप डाटा नआएसम्म ब्याजदर घटाउने सम्भावना नरहेको पावेलले बताएका हुन् ।

पावेलले भने ‘हामी थप विस्वस्त हुन चाहन्छौँ, किनभने अमेरिकी अर्थव्यवस्था बलियो छ, हामीसँग थप समय लिनसक्ने क्षमता छ ।’ पावेलले अर्थतन्त्रमा फेडले देखेको शक्तिलाई ध्यानमा राख्दै उब्जिएका प्रश्नहरु ध्यानपूर्वक सुनिरहेको बताएका छन् ।

फेडले गत जुलाईदेखि पाँच दशमलव २५ प्रतिशत–पाँच दशमलव पाँच प्रतिशतको दायरामा आफ्नो बेन्चमार्क नीति ब्याजदर स्थिर राखेको छ । तर मुद्रास्फीति केन्द्रीय बैंकले लिएको दुई प्रतिशत लक्ष्यमा फर्किने क्रममा देखिएको छ । यही भएर केन्द्रीय बैंकका अधिकारीहरुले मौद्रिक नीतिलाई कहिले सहज बनाउने भनेर बहस भने गरिरहेको पावेलले जानकारी गराए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x