Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा दुई लाखभन्दा बढी सिमकार्ड ब्लक

पाकिस्तानमा दुई लाखभन्दा बढी सिमकार्ड ब्लक


काराँची । पाकिस्तानको कर प्राधिकरणले बिहीबार राजस्व सीमा बढाउनका लागि कर रिटर्न दाखिला नगरेका प्रयोगकर्ताहरूको दुई लाख १० हजार सिमकार्ड ब्लक गरेको बताएको छ ।

सन् २०२२ मा २४ करोडभन्दा धेरै जनसंख्या भएको मुलुकमा ५२ लाखले मात्र आयकर रिटर्न दाखिला गरेका थिए । संघीय राजस्व बोर्ड (एफबीआर)को आँकडाअनुसार बोर्डले अप्रिलमा अध्यादेश पारित गरेपछि दूरसञ्चार प्राधिकरणलाई दुई लाख १० हजार सिमकार्डको जडान ब्लक गर्न आदेश पठाएको थियो । तीमध्ये ६२ हजारलाई पछि पुनर्स्थापना गरिएको थियो ।

‘हामीले आफ्नो कर भुक्तानी गर्ने मानिसहरूको सिम अनब्लक गरेका छौँ’, एफबीआरका जनसम्पर्क अधिकारी बख्तियार मुहम्मदले भने, ‘कसैले स्वेच्छाले अगाडि आएर कर तिर्दैनन्, हामीले मानिसलाई कर तिर्ने मार्ग बनाउनुपर्छ ।’

दूरसञ्चार प्राधिकरणका अनुसार पाकिस्तानमा १९ करोड २० लाखभन्दा धेरै सेलफोन ग्राहक छन भने र चार दूरसञ्चार सेवाप्रदायक छन् ।

पाकिस्तानीहरूले आफ्नो राष्ट्रिय परिचय नम्बरका साथ सिमकार्ड दर्ता गर्नुपर्छ । यसको उपयोग प्राय धेरै ‘कनेक्सन’का लागि गरिन्छ ।

‘दूरसञ्चार सेवाहरूमा पहुँच आधारभूत मानव अधिकार हो र सूचना, शिक्षा तथा आपत्कालीन सेवाहरूको पहुँचसहित अन्य धेरै आधारभूत सेवाहरूका लागि आवश्यक छ’, चार दूरसञ्चार कम्पनीमध्येको एकका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हामीले अधिकारीहरूसँग वार्ता गरिरहेका छौँ, उनीहरूलाई कर संकलन बढाउन सहयोग गर्नका लागि प्रविधिको प्रयोग गर्न विश्वस्त बनाउँदै छौँ किनकि अचानक चालिएको कदमले यी महत्वपूर्ण सेवाहरूको प्रावधानमा बाधा पुर्याउन सक्छ ।’ रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x