Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारशुक्रबारदेखि चिनियाँ विद्युतीय गाडीमा कर बढाउँदै ईयू

शुक्रबारदेखि चिनियाँ विद्युतीय गाडीमा कर बढाउँदै ईयू


ब्रसेल्स । युरोपेली संघले चीनमा बनेका विद्युतीय सवारीसाधनको आयातमा शुक्रबारदेखि ३७ दशमलव छ प्रतिशतसम्म कर लगाउने भएको छ । युरोपेली संघले बिहीबार प्रकाशन गरेको दुई सय आठ पृष्ठ लामो कागजातमा नयाँ करसम्बन्धी विवरणहरू समावेश गरिएको छ । यसअघि जुन १२ मा कर वृद्धि गरिने घोषणा गरेको थियो ।

युरोपेली संघका व्यापार प्रमुख वाल्डिस डोम्ब्रोभस्किसले निष्पक्ष प्रतिस्पर्धा र एक समान खेल सुनिश्चित गर्ने उद्देश्यसहित यस्तो व्यवस्था गरिएको बताएका छन् । ईयूले कर बढाएपछि ब्रसेल्सको सबैभन्दा ठूलो व्यापारिक मामलामा बेइजिङसँग तनाव बढेको छ । बेइजिङले कर वृद्धि गरिएकोमा कडा आपत्ति जनाउँदै आफ्नो हितको रक्षा गर्न सबै उपायहरू अपनाउने बताएको छ ।

युरोपेली संघका व्यापार प्रमुख वाल्डिसले चीनले बदला लिने कुनै आधार नभएको बताएका छन् । तर चीनसँग वार्ता जारी रहेको र उनले ट्यारिफहरू लागू नगर्ने तरिकाहरू पनि फेला पार्नसक्नेमा विस्वस्त रहेको बताएका छन् । चिनियाँ वाणिज्य मन्त्रालयले पनि बिहीबार दुवै पक्षले यस मुद्दामा ट्यारिफको बारेमा धेरै चरणको प्राविधिक वार्ता भइरहेको उल्लेख गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x