पाकिस्तानमा बजेटपछि मुद्रास्फीति बढ्यो
इस्लामाबाद । आर्थिक वर्ष २०२४/२५ को बजेट पेस भएपछि पाकिस्तानमा मुद्रास्फीति बढेको छ । पछिल्लो एक सातामा पाकिस्तानको मुद्रास्फीति दर एक दशमलव २८ प्रतिशत बढेको हो ।
पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्स (पीबीएस)को पछिल्लो साप्ताहिक रिपोर्टअनुसार वार्षिक मुद्रास्फीति दर बढेर २३ दशमलव ५९ प्रतिशत पुगेको छ । प्रतिवेदनले गतहप्तामा २९ वटा आवश्यक वस्तुको मूल्यमा भएको वृद्धिलाई प्रकाश पार्दै पाँचवटा वस्तुले स्थिर मूल्य कायम राखेको र १७ वटा वस्तुको मूल्यमा कमी आएको जनाएको छ ।
टमाटरको मूल्य सबैभन्दा धेरै ७० दशमलव ७७ प्रतिशतले बढेर प्रतिकिलो दुई सय पिकेआर पुगेको छ । पीबीएसका अनुसार पिठोको मूल्य १० दशमलव ५७ प्रतिशतले, पाउडर दूध आठ दशमलव ९० प्रतिशत, डिजेल तीन दशमलव ५८ प्रतिशत, पेट्रोल दुई दशमलव ८८ प्रतिशतले र एलपीजी ग्यासको मूल्य एक दशमलव ६३ प्रतिशतले बढेको छ ।
कुखुरा, दाल र लसुनको मूल्य पनि बढेको । प्याज र आलुको मूल्य भने घटेको छ । प्याजको मूल्य नौ दशमलव शून्य पाँच प्रतिशत र आलुको मूल्य एक दशमलव शून्य चार प्रतिशतले घटेको छ ।
जुलाई–१ को अघिल्लो रिपोर्टले उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति २०२४ मा १२ दशमलव छ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षको जुनमा २९ दशमलव चार प्रतिशत थियो । मासिक आधारमा, सीपीआई मुद्रास्फीति २०२४ मा शून्य दशमलप पाँच प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको तीन दशमलव दुई प्रतिशत र २०२३ मा शून्य दशमलव तीन प्रतिशतले घटेको थियो ।
पाकिस्तानी सरकारले जुन–२९ मा अन्तर्राष्ट्रिय मुद्रा कोषको मापदण्ड पूरा गर्न आगामी आर्थिक वर्षमा थप राजस्व उत्पन्न गर्न धेरै क्षेत्रमा नयाँ कर उपाय घोषणा गर्दै विशिष्ट क्षेत्रमा छुट विस्तार गरेको थियो ।
पाकिस्तानका अर्थमन्त्रीले राष्ट्रियसभामा नयाँ उपायको घोषणासमेत गरेका थिए । यसमा इस्लामाबादमा सम्पत्तिमा पुँजी कर लागू गर्नु, निर्माणकर्ता र विकासकर्तामा नयाँ कर उपाय समावेश भएको पाकिस्तानको स्थानीय दैनिकले रिपोर्ट गरेको छ ।
जुन–१२ मा राष्ट्रियसभामा पेस गरिएको वित्त विधेयक २०२४ मा गरिएको संशोधनमा सरकारले डिजेल र पेट्रोलमा पेट्रोलियम विकास लेवी (पीडीएल)लाई पाकिस्तानी रुपैयाँ (पीकेआर) ८० बाट ७० पीकेआर प्रतिलिटरमा झारेकोमा हालको पीकेआर ६० बाट बढाएको छ ।
विरोधका बावजुद, निर्यातकर्ताले २९ प्रतिशतको मानक कर्पोरेट कर दर र लागू भएमा सुपर कर तिर्नेछन् । पाकिस्तानी पत्रिका डनको रिपोर्टअनुसार निर्यात कारोबारमा अघिल्लो एक प्रतिशत करको तुलनामा यो महत्वपूर्ण परिवर्तन हो । व्यक्ति र गैरव्यत्ति, प्रतिवर्ष एक करोड पीकेआरभन्दा बढी कमाउने व्यक्तिको संघको आयकरमा १० प्रतिशत भारको अधीनमा हुनेछन् ।
गहिरो आर्थिक सङ्कटमा पाकिस्तानी संसद्ले भर्खरै नयाँ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बेलआउटबीच आगामी आर्थिक वर्षका लागि कर–भारी वित्त विधेयक पारित गरेको छ । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नुवाकोटको रैथाने उत्पादनलाई दरबारमार्गमा ब्रान्डिङ गर्ने अगस्ती
- ईभा नेपालको शुभकामना आदानप्रदान
- कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ – उपाध्यक्ष घिमिरे
- नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रवर्द्धनबारे समझदारी
- गैरबैंकिङ सम्पत्तिमा सर्वोच्चको व्याख्या
- फेरि रोकियो धितोपत्र बोर्डको अध्यक्ष छान्ने काम
- सुनजस्तो देखिने आठ किलो धातुसहित दुई भारतीय नागरिक पक्राउ
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया