Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका किअर स्टार्मर

बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका किअर स्टार्मर


बेलायत । बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका नेता किअर स्टार्मर नियुक्त भएका छन् । बिहीबार सम्पन्न भएको संसदीय निर्वाचनमा लेबर पार्टीले भारी बहुमत प्राप्त गरेपछि स्टार्मर प्रधानमन्त्री बनेका हुन् । लेबर पार्टीले कुल छ सय ५० सिटमध्ये चार सय १२ सिटसहित भारी बहुमत प्राप्त गरेको हो ।

ऋषि सुनकको पार्टी कन्जरभेटिभको १४ वर्षको शासन अन्त्य गर्दै लेबर पार्टीका नेता स्टार्मर नयाँ प्रधानमन्त्री बनेका हुन् । राष्ट्रप्रमुख राजा चाल्र्स तृतीयको सरकार गठनको अनुरोध स्वीकार गर्दै उनले डाउनिङ स्ट्रिटबाहिर पत्रकारहरूलाई भने, ‘परिवर्तनको काम तुरुन्त सुरु हुन्छ तर हामी बेलायतको पुनर्निर्माण गर्नेछौँ भन्नेमा कुनै सन्देह नगर्नुहोस् ।’

६१ वर्षीय पूर्वमानवअधिकार वकिल प्रमुख राज्य अभियोजक स्टार्मरले सुनकलाई धन्यवाद दिए । सुनकलाई लिज ट्रसको विनाशकारी कार्यकालपछि सन् २०२२ अक्टोबरमा टोरी नेता तथा प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो ।

‘हाम्रो मुलुकको पहिलो ब्रिटिस–एसियाली प्रधानमन्त्रीका रूपमा उनको उपलब्धि, त्यसका लागि आवश्यक पर्ने अतिरिक्त प्रयासलाई कसैले पनि कम आँक्नु हुँदैन’, उनले भने, ‘हामी आज उहाँलाई धन्यवाद दिन्छौँ, हामी उहाँको नेतृत्वमा गरिएको समर्पण र कडा परिश्रमलाई पनि मान्यता दिन्छौँ ।’

स्टार्मर र उनकी श्रीमती भिक्टोरिया बकिङ्घम प्यालेस आइपुग्दा झण्डा फहराउँदै डाउनिङ स्ट्रिटतर्फ उभिएका लेबर समर्थकहरूलाई उनीहरूले हात मिलाउँदै चुमेका थिए ।

बेलायतीहरू घट्दो सार्वजनिक सेवाहरू, उच्च मूल्य र राजनीतिज्ञहरूका कोरा प्रतिज्ञाहरूबाट थाकेको अवस्थामा स्टार्मरले डरलाग्दो कार्यसूचीको सामना गर्नुपरेको छ । उनले भने, ‘सरकारले देश पहिला, पार्टी दोस्रो राख्नेछ ।’ सार्वजनिक विश्वासलाई घटाएका टोरीजअन्तर्गतका स्क्यान्डलहरूको उत्तराधिकारपछि उनले ‘राजनीतिको सम्मान’ पुनःस्थापित गर्ने बाचा गरे ।

ऋषि सुनकको सत्तारुढ कन्जरभेटिभ (टोरी)ले आफ्नो इतिहासमै सबैभन्दा नराम्रो पराजय भोगेको छ । यो दलले जम्मा एक सय २१ सिट जितेको छ । सन् २०१९ को निर्वाचनमा कन्जरभेटिभले तीन सय ६५ सिट जितेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x