चीनको विदेशी मुद्रा सञ्चिति घट्यो
बेइजिङ । चीनको विदेशी मुद्रा सञ्चिति घटेको छ । सन् २०२४ ‘मे’ को तुलनामा ‘जुन’ महिनामा तीन दशमलव २२ ट्रिलियन अमेरिकी डलर पुगेको छ । चीनको स्टेट एडमिनिस्ट्रेसन अफ फरेन एक्सचेन्ज (एसएएफई)ले एक महिनामा विदेशी मुद्रा सञ्चिति शून्य दशमलव तीन प्रतिशतले घटेको जनाएको छ । मुद्रा अनुवाद र सम्पत्ति मूल्य परिवर्तनको संयुक्त प्रभावका कारण विदेशी विनिमय सञ्चिति घटेको उल्लेख गरेको छ ।
एसएएफईका अनुसार मौद्रिक नीति, बजार अपेक्षा र बृहत् आर्थिक डेटाजस्ता विभिन्न कारकहरुबाट प्रभावित अमेरिकी डलर सूचकाङ्क विश्वव्यापी वित्तीय सम्पत्तिको मूल्य बढेको उल्लेख छ । एसएएफईका अनुसार चिनियाँ अर्थतन्त्रले आफ्नो रिकभरी गतिलाई कायम राखेको र उच्च गुणस्तरको विकासलाई निरन्तरता दिएको उल्लेख गरेको छ । जुन देशको विदेशी मुद्रा सञ्चितिको स्थिर स्तर कायम राख्न अनुकूल भएको चिनियाँ केन्द्रीय बैंकले बताएको छ ।
पिपुल्स बैंक अफ चाइनाले आइतबार जारी गरेको तथ्याङ्कअनुसार जुनमा देशको सुनको भण्डार ७८ दशमलव आठ मिलियन औंसमा अपरिवर्तित रहेको छ । जुन एक सय ६९ दशमलव सात बिलियन डलरबराबरको हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- विद्यार्थीलाई अग्रवाल सेवा केन्द्रको छात्रवृत्ति
- बीवाईडीद्वारा नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी
- एनसेलकी विशाखा खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
- ‘स्काईवर्थ सपना साकार’ अफरको विजेता घोषणा
- हट एअर बेलुन उडान फेरि सुरू
- इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी
- सहयोग रकममा सर्त परिवर्तन गर्न आईएमएफलाई श्रीलंकाको आग्रह
- माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमण गर्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया