Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय प्रधानमन्त्री मोदी रूस भ्रमणमा

भारतीय प्रधानमन्त्री मोदी रूस भ्रमणमा


मस्को । रुससँग दीर्घकालीन सम्बन्ध बनउने रणनीतिसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार मस्को पुगेका छन् । प्रधानमन्त्री मोदीको यो भ्रमण रुस–युक्रेन सुरु भएयता पहिलो हो ।

मस्को प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले विज्ञप्तिमार्फत पुटिनसँग द्विपक्षीय सहयोगका विषय र विश्वव्यापी मुद्दाहरुमा साझा दृष्टिकोण बनाउन उत्सुक रहेको बताएका थिए ।

मस्कोले भारतका लागि कम मूल्यमा कच्चा तेल निर्यात गरिरहेको छ र हतियारको पनि प्रमुख आपूर्तिकर्ता हो । पश्चिमबाट एक्लिँदै गएको मस्कोले भारतसँग सम्बन्ध बलियो बनाई आफ्नो व्यापार विस्तार गर्न चाहन्छ ।

भारतीय युवाहरु रुसी सेनामा सहायक नोकरीका लागि भर्ती भएको विषयमा मोदीले वार्ता गर्ने बताइएको छ ।

मोदीले यसअघि सन् २०१९मा रुसको भ्रमण गरेका थिए । रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गर्नभन्दा केही साता अघि पुटिन नयाँदिल्ली भ्रमणमा थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x