Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतलब बढाउन माग गर्दै सामसङका कर्मचारीले गरे हडताल

तलब बढाउन माग गर्दै सामसङका कर्मचारीले गरे हडताल


सियोल । दक्षिण कोरियाको ठूलो प्रविधि कम्पनी सामसङका कर्मचारीहरुले तलब वृद्धिको माग गर्दै तीन दिने आमहडताल सुरु गरेका छन् । राजधानी सियोलबाट एक घण्टा दक्षिणमा रहेको कम्पनीको फाउन्ड्री र सेमिकन्डक्टर फ्याक्ट्री बाहिर हजारौँ मजदूरहरु भेला भएका थिए । वर्षादी र रिवन लगाएर भेला भएका मजदुरहरुले व्यवस्थापनविरुद्ध नाराबाजी गरेका थिए ।

नेशनल सामसङ इलेक्ट्रोनिक्स युनियनमा आबद्ध ३० हजार सदस्यहरुमध्ये एक चौथाइ कर्मचारी प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले कामदारहरुको तलव वृद्धिसँगै वार्षिक विदा र बोनस प्रणालीमा परिवर्तन गर्न माग गरेका छन् । सामसङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता हो र यसले चिप्सको विश्वव्यापी उत्पादनको महत्वपूर्ण हिस्सा ओगटेको छ ।

सामसङ व्यवस्थापनले जनवरीदेखि युनियनसँगको वार्तालाई रोकेको छ । दुवै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन् । नेशनल सामसङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वू मोकले सोमबारदेखि हडताल सुरु भएको र यो सुरुवात मात्र भएको जानकारी गराएका छन् ।

युनियनले कारखाना, उत्पादन र विकास क्षेत्रका करिब पाँच हजार दुई सय व्यक्ति विरोध प्रदर्शनमा सहभागी भएको जनाएको छ ।

करिब ३० हजार सदस्य रहेको युनियनले वार्ताबाट समस्याको समाधान हुन नसकेपछि गत हप्ता तीन दिने आम हड्तालको घोषणा गरेको थियो ।

श्रमिकहरूले मार्चमा पाँच दशमलव एक प्रतिशत तलब वृद्धिको प्रस्तावलाई अस्वीकार गरेका थिए । युनियनले पहिले वार्षिक विदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनससहितका मागहरू राखेको थियो । यस सम्बन्धमा सामसङले टिप्पणीको लागि गरिएको अनुरोध अस्वीकार गरेको छ ।

समस्या जारी रहेमा युनियनले थप हडताल गर्नसक्ने भएकाले प्रतिस्पर्धी चिप्स बजारमा प्रभुत्व जमाउने होडबाजीका बीच यसले सामसङ व्यवस्थापनलाई ठूलो समस्या सिर्जना गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x