पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको मुद्दा उल्टियो
इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी विवाहको अभियोगमा दोषी ठहर गरिएको मुद्दालाई पाकिस्तानको एक अदालतले शनिबार उल्ट्याएको छ । फेब्रुअरीको चुनावअघि नै दोषी ठहर गर्दै खानलाई सत्तामा फर्कन नदिनका लागि मुद्दा चलाइएको आरोप लगाइएको छ ।
सबै मुद्दाहरू अब कम्तीमा आंशिकरूपमा भए पनि फिर्ता लिएका छन् । राजद्रोहको अभियोगमा अप्रिलमा एक दशकको जेल सजायलाई उल्टाइएको छ भने जुनमा १४ वर्षको भ्रष्टाचारको सजाय निलम्बन गरिएको छ । यद्यपि, उनीमाथि लगाइएका कतिपय आरोप अझै पनि कायम छन् ।
पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी बुशरा बीबीलाई इस्लामिक कानुनको उल्लङ्घन गर्दै सम्बन्धविच्छेद भएको केही समयपछि विवाह गरेको आरोपमा सात वर्षको जेल सजाय सुनाइएको थियो ।
इस्लामाबाद अतिरिक्त जिल्ला अदालतका न्यायाधीश अफजल माजोकाले शनिबार खान र बीबी दुवैको अपिल स्वीकार गरिएको घोषणा गरेका छन् ।
यसैबीच, पूर्वप्रधानमन्त्री खानले सन् २०२३ को मे महिनामा दङ्गा भड्काएको आरोपमा पूर्वी लाहोरको एक अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको उनको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)का प्रवक्ता अहमद जान्जुआले बताएका छन् । प्रवक्ता जान्जुआले एक विज्ञप्ति जारी गर्दै थुनामा राख्ने गैरकानुनी आदेशलाई लम्ब्याउने अर्काे ‘नौटङ्की’ भएको बताए ।
यसै महिनाको सुरुमा संयुक्त राष्ट्र संघका विज्ञहरूको एक समितिले खानलाई हिरासतमा लिनुमा कुनै कानुनी आधार नभएको र उनलाई राजनीतिक पदका लागि अयोग्य ठहर्याउने उद्देश्यले गरिएको देखिएको बताएको थियो ।
‘सुरुदेखि नै त्यो अभियोजन कानुनमा आधारित थिएन र राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको थियो’, जान्जुआद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘करिब एक वर्ष जेलमा बिताएपछि उनलाई तत्काल रिहा गर्न माग गरिएको छ ।’
खानप्रति वफादार उम्मेदवारहरूले राष्ट्रिय चुनावमा सबैभन्दा बढी सिट जितेका थिए, तर सेनाको निकट मानिएका प्रतिद्वन्द्वी दलहरूको गठबन्धनले उनीहरूलाई सरकारबाट बाहिर राखेको थियो । खानले सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीका रुपमा काम गरेका थिए । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया