अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको मूल्य अझै बढ्ने सम्भावना
अमेरिका । अन्तर्राष्ट्रिय बजारमा सुन र कच्चा तेलको भाउ बढ्ने सम्भावना बढेको छ । अमेरिकामा मुद्रास्फीति दबाब कम हुँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा सुन र तेलको मूल्य थप बढ्ने अनुमान विश्लेषकहरुले गरेका छन् ।
मुद्रास्फीति घट्दै जाँदा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौति गर्ने सम्भावना बढेको छ । अमेरिकामा ब्याजदर कटौति हुँदाको असर कमोडिटिज बजारमा सुन र कच्चा तेलको भाउमा सकारात्मक असर पर्ने गर्छ ।
शुक्रबार सुनको मूल्य २४ सय १६ डलर पुगेको छ । शुक्रबारसम्म ब्रेन्ट क्रुड आयल प्रतिब्यारेल ८६ डलरभन्दा नजिक पुगेको छ । विश्लेषकहरुले सुन र ब्रेन्ट कच्चा तेलको मूल्य थप बढ्नसक्ने अनुमान गरेका छन् ।
अमेरिकामा मुद्रास्फीतिको दबाब कम हुँदै गएपछि गत बिहीबार सुनको मूल्य ४४ डलर बढेको थियो । तर शुक्रबार केही घटेको थियो ।
मुद्रास्फीिित घट्दा केन्द्रीय बैंकले ब्याजदर घटाउने र त्यसपछि अर्थतन्त्र चलायमान हुँने हुँदा तेल र सुनको माग बढ्ने अनुमान गरिन्छ । यस्तै लगानीकर्ता पनि डलरमा गरिएको लगानी झिकेर सुनमा आकर्षित हुन्छन् । यहीकारण मुद्रास्फीति दर घट्दा यी दुई कमोडिटिको मूल्य बढ्ने अनुमान गरिएको हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया