Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा महँगी बढ्यो

भारतमा महँगी बढ्यो


नयाँदिल्ली । भारतमा महँगी बढेको छ । भारतको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएअनुसार जुन महिनामा थोक मुद्रास्फीति (मूल्यवृद्धि) तीन दशमलव ३६ प्रतिशत बढेको छ । यो मुद्रास्फीति मे महिनाको तुलनामा शून्य दशमलव ७५ प्रतिशत विन्दु बढी हो । मेमा अखिल भारतीय थोक मूल्य सूचकाङ्क (डब्लूपीआई)मा आधारित मुद्रास्फीतिको वार्षिक दर दुई दशमलव ६१ प्रतिशत थियो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएकोे छ, ‘सन् २०२४ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्य वस्तुहरूको मूल्यवृद्धि, खाद्य उत्पादनहरूको उत्पादन, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास, खनिज तेल, अन्य उत्पादन आदिको कारणले बढेको हो ।’

डब्लूपीआई खाद्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वार्षिक दर सन् २०२४ जुनमा वार्षिक आधारमा बढेर आठ दशमलव ६८ प्रतिशत भएको छ । यो मे महिनामा सात दशमलव ४० प्रतिशत थियो ।

खाद्यान्नको मूल्यहरू जुन सन् २०२४ मा वार्षिकरूपमा आठ दशमलव ६८ प्रतिशतले वृद्धि भएको थियो, जुन मे महिनामा देखिएको सात दशमलव ४० प्रतिशतले बढेको थियो । प्याजको हकमा मे महिनामा ५८ दशमलव शून्य पाँच प्रतिशतबाट जुनमा ९३ दशमलव ३५ प्रतिशत पुगेको छ ।

फलफूलको डल्यूपीआई पनि मे महिनामा पाँच दशमलव ८१ प्रतिशतबाट बढेर जुनमा १० दशमलव १४ प्रतिशत पुगेको मन्त्रालयले सार्वजनिक गरेको मासिक तथ्याङ्कले देखाएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x