Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएडीबीद्वारा भारतलाई दुई सय ४० मिलियन डलर ऋण सहयोग

एडीबीद्वारा भारतलाई दुई सय ४० मिलियन डलर ऋण सहयोग


फिलिपिन्स । एसियाली विकास बैंक (एडीबी)ले भारतमा रूफटप सोलर सिस्टमको वित्तपोषण गर्न दुई सय ४० दशमलव पाँच मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

छतमा सौर्य प्रणाली स्थापना गर्न भारतका विकासकर्ता र अन्तिम प्रयोगकर्तालाई ऋण प्रदान गर्न भारतीय स्टेट बैंक (एसबीआई) र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (नाबार्ड)लाई वित्तपोषण उपलब्ध हुनेछ ।

एडीबीले आफ्नो क्लिन टेक्नोलोजी कोषबाट एसबीआईलाई ९० दशमलव पाँच मिलियन डलर प्रदान गर्ने बताएको छ । क्लिन टेक्नोलोजी कोषबाट यसको तुलनामा, नाबार्डले एक सय ५० मिलियन डलर प्राप्त गर्नेछ, जसमा एडीबीको साधारण पुँजी स्रोतबाट ८० मिलियन डलर र सिटिएफबाट ७० मिलियन डलर समावेश छ ।

छतमा सौर्य प्रणाली स्थापना गर्दा प्राविधिक र परिचालन बोझ कम गरेर समग्र विद्युत् वितरण प्रणालीलाई फाइदा पुग्ने एडीबीले जनाएको छ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x