Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा युवा बेरोजगारी दर घट्यो

चीनमा युवा बेरोजगारी दर घट्यो


बेइजिङ । जुन महिनामा चीनमा युवा बेरोजगारी दर घटेको तथ्याङ्क सार्वजनिक भएको छ । सोह्र वर्षदेखि २४ वर्ष उमेरसमूहका बेरोजगारी दर गत महिना घटेर १३ दशमलव दुई प्रतिशतमा झरेको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)ले बुधबार घोषणा गरेको छ । यस्तो दर मे महिनामा १४ दशमलव दुई प्रतिशत थियो ।

विद्यार्थीहरूबाहेकको आँकडामा अधिकारीले जनवरीमा नयाँ गणना विधिअन्तर्गत युवा बेरोजगारी तथ्याङ्क प्रकाशित गर्न पुनःसुरु गरेपछि रेकर्ड गरिएको तथ्याङ्कमा यो सबैभन्दा कम हो ।

चिनियाँ अधिकारीहरुका अनुसार गतवर्ष जुन महिनामा युवा बेरोजगारी दर २१ दशमलव तीन प्रतिशत थियो । २५ देखि २९ वर्ष उमेरसमूहको बेरोजगारी दर गत जुन महिनामा छ दशमलव चार प्रतिशतमा झरेको छ । मे महिनामा यस्तो दर छ दशमलव छ प्रतिशत रहेको एनबीएसले जनाएको छ ।

चीनको समग्र बेरोजगारी दर पाँच प्रतिशतमा स्थिर रहेको छ । यद्यपि एनबीएसको तथ्याङ्क सहरी क्षेत्रमा मात्र केन्द्रित भएकाले चीनको समग्र रोजगारीको अवस्थाको अपूर्ण विश्लेषण गर्दछ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मे महिनामा युवा बेरोजगारीको प्रतिरोधलाई ‘शीर्ष प्राथमिकता’मा राख्नुपर्ने बताएका थिए ।

गत महिना, ११ दशमलव आठ मिलियन विद्यार्थीले चीनको विश्वविद्यालयबाट स्नातक गरेका छन् । यही कारण चीनको रोजगार बजारमा कडा प्रतिस्पर्धा बढाएको छ ।

चीनले कोभिड–१९ संक्रमण समाप्त भएपछि बढ्दो बेरोजगारीको सामना गरिरहेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले सामना गरेको अवरोधमध्ये बेरोजगारी एक हो । साथै भारी ऋणग्रस्त सम्पत्ति क्षेत्र र पश्चिमसँगको भू–राजनीतिक तनावले भरिएको व्यापार यसको अर्को पाटो हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x