अमेरिकी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा नगर्न बाइडेनमाथि दबाब
वासिङ्टन । डोनाल्ड ट्रम्पविरुद्ध आफ्नो विनाशकारी बहस प्रदर्शनपछि प्रतिस्पर्धा नगर्न आफ्ना पार्टीका केही आह्वानलाई राष्ट्रपति जो बाइडेनले अस्वीकार गरेपछि डेमोक्रेटहरूले अगस्टको पहिलो सातामा उनलाई पार्टीको उम्मेदवार बनाउन भर्चुअल मतदान गर्न खोज्दैछन् ।
आफ्ना सदस्यहरूलाई पठाइएको पत्रअनुसार डेमोक्रेटिक नेसनल कन्भेन्सनको नियम समितिले यसका योजनाहरूबारे छलफल गर्न शुक्रबार बैठक गर्नेछ र अर्को साता त्यसलाई अन्तिम रूप दिनेछ । समितिका सह–अध्यक्ष विशप लेह डि. डौट्री र गभर्नर टिम वाल्जको पत्रमा भर्चुअल मतदान अगस्ट एकभन्दा अघि नहुने तर पार्टी अझै पनि अगस्ट ७ अघि मतदान गर्न प्रतिबद्ध रहेको उल्लेख छ । अगस्ट ७ ओहायोको फाइल गर्ने अन्तिम मिति थियो ।
‘हामी हतारमा भर्चुअल मतदान प्रक्रिया लागू गर्नेछैनौँ, यद्यपि भर्चुअल मतदान प्रक्रियाले कसरी काम गर्नेछ भन्नेबारे हाम्रो महत्वपूर्ण विचार सुरु गर्नेछौँ’, डौट्री र वाल्जले पत्रमा लेखेका छन् । बाइडेन ओहायोमा मतदानका लागि योग्य छन भन्ने सुनिश्चित गर्न प्रारम्भिक रोल कल राख्ने घोषणा पार्टीले मे महिनामा गरेको थियो । यसको मूलरूपमा अगस्ट ७ को समयसीमा थियो तर ओहायोले त्यसका नियमहरूमा परिवर्तन गरेको छ ।
बाइडेनको अभियानले पार्टीले ओहायोको प्रारम्भिक नियमहरूअन्तर्गत काम गर्नुपर्छ भनेर सुनिश्चित गर्न रिपब्लिकन सांसदहरूले राष्ट्रपतिलाई मतदानबाट टाढा राख्न कानुनी चुनौतीहरू खडा गर्न नसक्नेमा जोड दिएको छ । हाउस डेमोक्रेटको एक दलले बाइडेनलाई पुनः निर्वाचनका लागि पार्टीको छनोटका रूपमा तुरुन्तै मनोनयन गर्न सावधानीपूर्वक भर्चुअल रोलकलको योजनाबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको एक दिनपछि उक्त पत्र आएको हो ।
डेमोक्रेटिक नेसनल समितिलाई अहिलेसम्म नपठाइएको उनीहरूको पत्रले प्रारम्भिक रोल कल मतदानका साथ पार्टीको उम्मेदवारका बारेमा बहसलाई दबाउनु ‘भयानक विचार’ हुने उल्लेख छ । पत्रमा भनिएको छ, ‘यसले डेमोक्रेटहरूको मनोबल र एकतालाई गहिरोरूपमा कमजोर बनाउन सक्छ ।’ रासस/एपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया