बङ्गलादेशमा रोजगार आरक्षणविरोधी प्रदर्शन रोक्न सेना परिचालन
ढाका । बंगलादेशमा विगत पाँच दिनदेखि सरकारी जागिरमा आरक्षण खारेजीको माग गर्दै विरोध प्रदर्शन भइरहेको छ । यो प्रदर्शनले अहिले हिंसात्मक रुप लिएको छ । यसलाई रोक्न बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सडकमा सेना तैनाथ गरेकी छन् । प्रहरीसँगको झडपमा छ जनाको मृत्यु भएको छ । सोही क्रममा चार सयभन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ ।
बंगलादेशी अखबार ढाका ट्रिब्यूनका अनुसार राजधानी ढाकामा बुधबार साँझ आन्दोलनका क्रममा प्रदर्शनकारी विद्यार्थाी र प्रहरीबीच भएको हिंसात्मक झडपमा एक बालकसहित छ जना घाइते भएका छन् ।
स्थिति यति नाजुक बनेको छ कि ढाकासहित बंगलादेशका विभिन्न सहरका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएका छन् । नेपालले त्यहाँ बस्ने आफ्ना नगारिका लागि एडभाइजरी पनि जारी गरेको छ । उनीहरुलाई अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन र विश्वविद्यालयको नियम मान्न भनिएको छ ।
आन्दोलनरत विद्यार्थीहरूले बिहीबार देशव्यापी बन्दको घोषणा गरेका छन् । विद्यार्थी आन्दोलनका नेताहरुले बिहीबार अस्पताल र आकस्मिक सेवाबाहेक सबै बन्द रहने बताएका छन् । यस अवधिमा एम्बुलेन्स सेवालाई मात्र सडकमा जान दिइनेछ ।
सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी
प्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बीटीभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट धेरै मानिस कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ ।
स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारीसाधन र एउटा कार्यालय भवनमा आगो लगाएको बताए ।
‘प्रदर्शनकारीहरूले सबैभन्दा पहिला रामपुरामा एक प्रहरी चौकीमा आगो लगाएपछि प्रहरीले उनीहरूमाथि गोली चलायो’, राजधानी ढाकाको छिमेकलाई उद्धृत गर्दै ती अधिकारीले भने, ‘बीटीभी कार्यालयमा शरण लिएका प्रहरी अधिकारीहरू उनीहरूले पछ्याउँदै आए, त्यसपछि आक्रोशित प्रदर्शनकारीहरूले यहाँ उत्पात गरे ।’
बीटीभीको प्रमाणित फेसबुक पेजमा आगो ‘विनाशकारी’ र ‘तीव्ररूपमा फैलिरहेको’ उल्लेख छ । प्रसारकले भनेको छ, ‘हामीले अग्निशमन सेवाबाट सहयोग खोजेका छौँ, धेरै मानिसभित्र फसेका छन् ।’
बङ्गलादेशको प्रहरी बलले यो साता निजामती सेवा भर्ती नियममा सुधारको मागसहित जारी विद्यार्थीहरूको विरोध प्रदर्शनमा हिंसात्मक कारबाहीलाई तीव्र बनाएको छ । यो साता अहिलेसम्म भएका झडपहरूमा कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया