Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारशुक्रबार संसारको प्रविधि कसरी भयो ठप्प ?

शुक्रबार संसारको प्रविधि कसरी भयो ठप्प ?


वासिङ्टन । गत शुक्रबार विश्वभर अधिकांश व्यावसायिक सेवा ठप्प भयो । त्यसको कारण थियो माइक्रोफ्टमा आएकोे समस्या । माइक्रोसफ्टमा प्राविधिक समस्या आउँदा पूरै विश्वभर प्राविधिक सेवा ठप्प भयो । अमेरिका, बेलायत, जर्मनी लगायत ठूला देशका चिकित्सा सेवा, बैंक, एयरलाइन्स सेवा बन्द भयो । टेलिभिजन च्यानल, रेडियो, रेल स्टेसन पनि ठप्प भए ।

सेवा अवरुद्ध हुँदा सर्वसाधारणको जनजीवन प्रभावित भएको थियो । मानिसहरु एयरपोर्टमा तीन÷चार घण्टासम्म लाइनमा बसेको देखिन्थ्यो ।

अमेरिका, बेलायत, युरोपेली मुलुकका धेरै पसलमा कार्ड भुक्तानी प्रणाली पनि ठप्प भएको थियो ।

विश्ववभर प्राविधिक समस्या आएपछि माइक्रोसफ्टले एक विज्ञप्ति जारी गर्दै आफ्नो क्लाउड कम्प्युटिङ प्लेटफर्ममा समस्या आएको जनाएको थियो । न्युयोर्क टाइम्सले उल्लेख गरेअनुसार क्राउड स्ट्राइक नामक कम्पनीले समस्या निम्त्याएको हो । जुन साइबर सुरक्षासँग सम्बन्धित कम्पनी हो । माइक्रोसफ्टले आफ्नो सेवा त्यही कम्पनीसँग लिँदै आएको थियो । यसको सफ्टवेर विश्वव्यापी रुपमा प्रयोग गरिन्छ । यसले प्रणालीलाई ह्याकर र कुनै पनि घुसपैठबाट जोगाउँछ । क्राउज स्ट्राइकले सफ्टवेयर अपडेट गर्दा यस्तो समस्या देखिएको हो ।

क्लाउड कम्प्युटिङ सर्भर, भण्डारण, डाटाबेस, नेटवर्किङ, सफ्टवेर, एनालिटिक्स र इन्टेलिजेन्स सेवाहरु प्रदान गर्ने कम्प्युटर सुविधा हो । यी सेवाहरुको लागि, ग्राहकको कम्प्युटरहरु इन्टरनेटमार्फत क्लाउड सर्भरमा जडान गरिएको छ । सेवाको बदलामा, ग्राहकहरुले तिर्नुपर्छ । इन्टरनेटमार्फत उपलबध यी सेवाहरुको उद्देश्य छिटो र सजिलो तरिकाले सुविधाहरु प्रदान गर्नु हो ।

क्राउड स्ट्राइकले उत्पन्न समस्याको समाधान भएको बताउँदै कम्पनीका सञ्चालक जर्ज कुर्ट्जले प्रभावित सबै निकायसँग माफी मागे । शुक्रबार साँझसम्म धेरै एयरलाइन्स सेवाहरु सुचारु भएका थिए । केही देशमा शनिबारसम्म नियमित सेवा सुचारु भएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x