Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘चीनले रूसलाई समर्थन गर्नु राम्रो होइन’

‘चीनले रूसलाई समर्थन गर्नु राम्रो होइन’


वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले उत्तर कोरिया, इरान र चीनले युक्रेनमा जारी युद्धका बीच रूसलाई सहयोग गरेको भन्दै यसप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

जुलाई १९ मा ‘एस्पेन स्ट्राटेजी ग्रुपले आयोजना गरेको एक फोरममा ब्लिन्केनले भने, ‘रूससँग नजिकबाट काम गर्नु र युक्रेनमा उसको युद्धलाई निरन्तरता दिन मद्दत गर्नु विशेष गरी चीनको प्रतिष्ठाका लागि राम्रो होइन ।’ अमेरिकाले उत्तर कोरिया र रूसबीच बढ्दो सैन्य गठबन्धन र रूसको रक्षा औद्योगिक आधारलाई चीनको कथित समर्थनप्रति बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ ।

नेसनल पब्लिक रेडियोका प्रस्तोता ब्लिन्केनलाई अमेरिका र अन्य युरोपेली राष्ट्रले रूसमाथि लगाएको प्रतिबन्धले वास्तवमै काम गरेको छ कि छैन र के यसले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘अझ राम्रो व्यवहार गर्न’ प्रेरित गरेको छ भनेर सोधिएको थियो ।

अमेरिकी विदेशमन्त्रीले आफ्नो प्रतिक्रियामा अमेरिकाले देशहरूलाई एक ठाउँमा ल्याएको र ‘रूसमाथिको दबाबलाई सामूहिकरूपमा थपेको’ बताए ।

उनले भने, ‘यसको अर्थ यो हो कि विश्वका ‘धेरै देश’हरूले लगाएको प्रतिबन्धले सजिलै गर्नसक्ने सबै कुरा उनीहरूका लागि धेरै कठिन भएको छ । हामीले सस्तोमा गर्नसक्ने सबै कुरा, उनीहरूका लागि यो धेरै महँगो भएको छ ।’ उनले अगाडि भने, ‘यसले रूसको अर्थतन्त्र र रूसको भविष्यमा व्यापक भार पार्छ र यो बढ्दो छ ।’

उत्तर कोरिया र इरानले जस्तो बेइजिङले मस्कोलाई हतियार नदिएको तर रूसको रक्षा औद्योगिक अड्डाका लागि जानकारी उपलब्ध गराएकाले चीनले चुनौती खडा गरेको अमेरिकी विदेशमन्त्री ब्लिन्केनले बताए ।

‘रूसले आयात गर्ने मेसिन औजारमध्ये ७० प्रतिशत चीनबाट आयात हुन्छ भने ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक्स चीनबाट आउँछ र त्यो रक्षा औद्योगिक आधारमा जाँदैछ र मिसाइल र अन्य हतियारमा परिणत हुँदैछ’, ब्लिन्केनले भने । रासस÷एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x