Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारत युरोपको सबैभन्दा ठूलो आपूर्तिकर्ता बन्न सक्ने

भारत युरोपको सबैभन्दा ठूलो आपूर्तिकर्ता बन्न सक्ने


नयाँदिल्ली । स्वीस संसद्का सदस्य तथा स्विस–भारत संसदीय समूहका अध्यक्ष निक गुगरले युरोपेली देशमा फैलिरहेको सस्तो चिनियाँ उत्पादनबारे बढिरहेको चिन्ताका बीच भारतसँग युरोपमा आफ्नो आपूर्ति विस्तार गर्ने ठूलो अवसर रहेको बताएका छन् ।

‘भारतको लागि यो ठूलो मौका हो भन्ने हामीलाई लाग्छ’, गुगरले भने, ‘हामीलाई अन्य देशबाट सस्तो उत्पादनहरू आवश्यक पर्दैन र हामीसँग उनीहरूसँग स्वतन्त्र व्यापार सम्झौता छ जहाँ हामी उच्च गुणस्तरीय सेवासँगै काम गर्न चाहन्छौँ भनेर विश्वलाई देखाउने मौका छ र यो सही अवसर हो ।’

युरोपेली युनियनले विद्युतीय सवारीसाधन, सौर्य प्यानल र विन्ड टर्बाइनलगायत सस्तो चिनियाँ उत्पादनहरू उनीहरूको बजार र स्थानीय हितलाई हानी पु¥याउने कुरामा चिन्ता व्यक्त गर्दै आएको छ । यसबाहेक भारतमा रहेका स्वीस सांसदले भारत र चार युरोपेली देश (स्वीट्जरल्यान्ड, आइसल्याण्ड, नर्वे र लिचेन्स्टाइन) बीचको व्यापार र आर्थिक साझेदारी सम्झौताको विषयमा पनि कुरा गरेका छन् ।

भारत–युरोपेली स्वतन्त्र व्यापार संघले सन् २०२४ को मार्च १० मा व्यापार र आर्थिक साझेदारी सम्झौता (टीईपीए) मा हस्ताक्षर गरेको थियो । सन् १९६० मा यसको चार सदस्य राष्ट्रहरूबीच स्वतन्त्र व्यापार र आर्थिक एकीकरणको प्रवर्द्धनका लागि स्थापित एक अन्तरसरकारी संस्था टीईपीए हो । यो स्वतन्त्र व्यापार सम्झौता भारतले युरोपका चार देशहरूसँग गरेको पहिलो व्यापार सम्झौता हो । यसले दुवै पक्षका लागि विभिन्न अवसरहरू प्रदान गरेको छ ।

‘मुम्बईमा पहिलो पटक आइतबार व्यापार र आर्थिक साझेदारी सम्झौतासम्बन्धी कार्यक्रम हुनेछ,’ उनले भने । उनले भारत–स्वीजरल्याण्ड द्विपक्षीय सम्बन्धबारे पनि कुरा गरे । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x