जापानमा कर्पोरेट दिवालियापन एक दशक यताकै उच्च
टोकियो । जापानमा विभिन्न कारणले दिवालियापन (टाट उल्टिने) उद्यमी व्यवसायीको संख्या उच्च दरमा बढेको छ । बढ्दो लागत, श्रमको अभाव र आर्थिक सहयोगमा आएको कमीका कारण जापानमा दिवालियापनको संख्या बढेको हो । क्रेडिट रिसर्च कम्पनी ‘टेइकोकु डाटा बैंक’को सर्वेक्षणले यस वर्षको पहिलो छ महिनामा दिवालियापन हुनेको संख्या २२ प्रतिशत बढेको देखाएकोे छ ।
जनवरीदेखि जुनसम्म चार हजार आठ सय ८७ व्यक्ति दिवालिया भएका छन् । जुन सन् २०१४ यताकै सबैभन्दा धेरै संख्य हो ।
दिवालिया हुनेमा उद्योगका आधारमा सेवा उद्योगमा सबैभन्दा बढी एक हजार दुई सय २८ रहेका छन् । त्यसपछि खुला क्षेत्रको एक हजार २९ र निर्माणमा नौ सय १७ रहेको सर्वेक्षणले देखाएको छ ।
यस अवधिमा साना तथा लघु उद्यमहरू सबैभन्दा बढी प्रभावित भएका छन् । बढ्दो लागत र बढ्दो श्रमिक अभावको बीचमा येनको निरन्तर अवमूल्यनका कारण आर्थिक परिदृश्य थप जटिल भएको छ ।
टेइकोकुले निजी खपतमा कमीबाहेक कर्पोरेट दिवालिया हुने संख्या अझ बढ्नसक्ने अनुमान गर्दै यो सम्भवतः सन् २०२४ को सम्पूर्ण वर्षमा १० हजारभन्दा बढी हुने बताएको छ ।
जापानी कम्पनीहरूले जुन महिनामा मात्रै कूल आठ सय सात कानूनी लिक्विडेशन प्रक्रिया अघि बढाएका छन् । यो वार्षिक रूपमा वृद्धिको लगातार २६ औँ महिना हो ।
साना तथा लघु उद्यमहरु सबैभनदा बढी प्रभावित भएका छन् । बढ्दो लागत र बढ्दो श्रमिक अभावको बीचमा जापानी मुद्रा येनको निरन्तर अवमूल्यन भएका कारण आर्थिक परिदृश्य थप जटिल बन्दै गएको देखिन्छ । टेइकोकुले कमजोर व्यक्तिगत उपभोको कारण कर्पोरेट दिवालियाहरुको संख्या थप बढ्नसक्ने प्रक्षेपण पनि गरेको छ । सन् २०२४ को अन्तिममा यस्तो संख्या १० हजार पुग्नसक्ने जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया