Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफक्सवागनले चीनबाट १२ सय कार फिर्ता गर्ने

फक्सवागनले चीनबाट १२ सय कार फिर्ता गर्ने


बेइजिड., असार ९
फक्सवागन ग्रुप इम्पोर्ट (चाइना) कम्पनी र एफएडब्ल्यू–फक्सवागन अटोमोबाइल कम्पनीले १ हजारभन्दा बढी कार चिनियाँ बजारबाट फिर्ता लिने भएको छ । तेल चुहिने समस्या देखिएपछि १२ सय २० वटा कारहरु बजारबाट कम्पनीले फिर्ता लिनलागेको सिन्ह्वाले जनाएको छ ।

जुलाई १ देखि कार फिर्ता सुरु हुने बताइएको छ । फिर्ता लिन लागिएका कारहरुमा आयात गरिएको तुआरेग एसयूभी ६ सयवटा समेत समावेश छन् । उक्त कार सन् २०१९ अक्टोबरमा बनेका हुन् । त्यस्तै ६ सय २० वटा औडी क्यु८ र ए८एल सेडान रहेका छन् । ती कार गत वर्ष सेप्टेम्बरमा बनेका हुन् ।

गियरबक्समा रहेको तेलको पाइपमा समस्या देखिएको हो । तेल चुहिँदा दुर्घटनाको सम्भावना बलियो देखिएपछि कार फिर्ता गर्न लागिएको हो । फक्सवागनका डिलरसिपले प्रभावित उपभोक्तालाई आफ्ना कार जाँच गर्न आग्रह गर्ने र निःशुल्क समस्याग्रस्त पार्ट्स फेर्न सक्नेछन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x