Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतले रोक्यो ५० अर्बको चिनियाँ लगानी

भारतले रोक्यो ५० अर्बको चिनियाँ लगानी


नयाँ दिल्ली, असार ९
भारतको महाराष्ट्र सरकारले तीनवटा ५० अर्ब भारुबराबरका चिनियाँ परियोजना ‘होल्ड’ गरेको छ । चीनसँगको झडपमा पूर्वी लद्दाखमा २० भारतीय सैनिक मारिएपछि केन्द्र सरकारको विशेष निर्देशनमा महाराष्ट्र सरकारले सम्झौता भइसकेका तीन परियोजनामा अघि नबढ्ने निर्णय गरेको हो ।

उक्त परियोजनाबारे चिनियाँ कम्पनीसँग सीमामा दुई देशबीच तनाव हुनुअघि नै सम्झौता भएको थियो । भारतीय विदेश मन्त्रालयले उक्त परियोजनाबारे चिनियाँ कम्पनीसँग अरु सम्झौता नगर्न सुझाएको उद्योगमन्त्री सुभाष देसाईलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । भर्खरै सम्पन्न ‘म्याग्नेटिक महाराष्ट्र २.० इन्भेष्टर मिट’मा उक्त लगानीसम्बन्धी सम्झौता भएको थियो । तीन सम्झौतामध्ये ३ हजार ७ सय ७० करोड भारुको ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम)सँग पुनेनजिकै अटोमोबाइल प्लान्ट बनाउने सम्झौता भएको थियो ।

त्यस्तै पीएमआई इलेक्ट्रो मोबिलिटीले फोटोन (चाइना)सँग संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा १ हजार करोड भारु लगानी गर्ने र १५ सय रोजगारी सिर्जना गर्ने सम्झौता भएको थियो । त्यस्तै चिनियाँ कम्पनी हेंग्ली इन्जिनियरिङसँग पनि २ सय ५० करोड भारु लगानीसम्बन्धी सम्झौता भएको बताइएको छ । म्याग्नेटिक महाराष्ट्रमा १२ वटा सम्झौता भएको थियो। जसमा सिंगापुर, दक्षिण कोरिया र अमेरिका तथा अरु भारतीय कम्पनीहरुले लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । कुल १ अर्ब डलरको सम्झौता भएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x