Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलङ्काका पाँचमध्ये एक घरपरिवारमा आधारभूत पिउने पानी छैन

श्रीलङ्काका पाँचमध्ये एक घरपरिवारमा आधारभूत पिउने पानी छैन


कोलम्बो । श्रीलङ्काका २० दशमलव तीन प्रतिशत घरपरिवारमा आधारभूत पिउने पानीको सुविधा नभएको जनगणना तथा तथ्याङ्क विभाग (डीसीएस)ले घरायसी खानेपानीको गुणस्तरमा हालै गरेको सर्वेक्षणले देखाएको छ ।

विभागले आधारभूत सुविधाहरूमा पहुँच भन्नाले संरक्षित इनार, ट्युबवेल, धाराको पानी, बोतलको पानी र आरओ (रिभर्स ओस्मोसिस) प्लान्टबाट ३० मिनेटभित्र पिउने पानी सङ्कलन गर्ने क्षमतालाई परिभाषित गरेको छ ।

उक्त प्रतिवेदनले श्रीलङ्काका ४० दशमलव छ प्रतिशत घरपरिवारले प्रदूषणमुक्त स्रोतहरू प्रयोग गरेको बताएको छ ।

यसैबीच श्रीलङ्काका शून्य दशमलव सात प्रतिशत घरपरिवारले नदी, बाँध, ताल, पोखरी, खोला, नहर वा सिँचाइ नहरजस्ता सतही पानीका स्रोतहरूबाट सिधै पिउने पानी सङ्कलन गरेको प्रतिवेदनले देखाएको छ ।

साथै विभागले पनि १६ दशमलव एक प्रतिशत घरपरिवारले असुरक्षित इनारको पानी पिउने गरेको पाइएको छ । विभागले सर्वेक्षणमा मुलुकभर विभिन्न वर्गलाई प्रतिनिधित्व गर्ने तीन हजार दुई सय १० घरधुरीका नमूनाहरू छनोट गरेको थियो । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x