Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारत र बेलायतबीच प्रविधिको क्षेत्रमा सहकार्य गर्ने सम्झौता

भारत र बेलायतबीच प्रविधिको क्षेत्रमा सहकार्य गर्ने सम्झौता


नयाँदिल्ली । भारत र संयुक्त अधिराज्य (बेलायत)ले नयाँ प्रविधिको सुरक्षाको क्षेत्रमा काम गर्न समझदारी गरेका छन् । खनिज, एआई, सेमीकन्डक्टर र टेलिकमलगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति गरेका छन् । आर्थिक वृद्धिलाई बढावा दिने विषयमा दुई देशले पहल सुरु गरेका हुन् ।

नवनियुक्त बेलायती विदेश सचिवको भारत भ्रमणका यस्तो सहमति भएको अधिकारीहरुले बताएका छन् । प्रविधि क्षेत्रसँगै जलवायु, व्यापार र शिक्षाजस्ता मुद्दामा पनि मिलेर काम गर्ने विषयमा दुई देश सहमत भएका छन् ।

बेलायती विदेश सचिव डेभिड लमीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार प्राविधिक पहलको माध्यमबाट एआईदेखि खनिजसम्म भविष्यका चुनौतीहरूमा सहकार्य हुनेछ । यस्तै आपसी आर्थिक लाभ, रोजगारी र लगानी बढाउने विषयमा पनि सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय समकक्षी जयशङ्करसँगको वार्तामा दुवैले इन्डो–प्यासिफिकमा रक्षा र सुरक्षा सहयोग बढाउने सहमति जनाएको तथा रूस–युक्रेनद्वन्द्वलगायत विश्वव्यापी मुद्दाहरूमा छलफल गरेको स्रोतले जनाएको छ । लमीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x