Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले घटायो प्रमुख ऋणको ब्याजदर

चीनले घटायो प्रमुख ऋणको ब्याजदर


बेइजिङ । चीनको केन्द्रीय बैंकले मध्यमकालीन ऋण सुविधा (एमएलएफ)को ब्याजदर अप्रत्यासितरुपमा घटाएको छ । बिहीबार बिहान केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले मध्यमकालीन ऋण सुविधाको ब्याजदर दुई दशमलव पाँच प्रतिशतबाट घटाएर दुई दशमलव तीन प्रतिशतमा झारेको हो ।

यो ब्याजदर चार वर्षयताकै सबैभन्दा बढी कटौती भएको केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र (चीन)मा अत्यधिक ऋणग्रस्त सम्पत्ति क्षेत्र, सुस्त खपत र उच्च युवा बेरोजगारीले अर्थतन्त्रको बलियो अवस्थामा प्रभाव पारेको हालैका वर्षहरूमा गम्भीर आर्थिक समस्याहरूको सामना गर्नुपरेको छ ।

केन्द्रीय बैंकले सामान्यतया महिनाको मध्यमा पूर्वनिर्धारित दिनमा एमएलएफ घोषणा गर्दछ । गत वर्षको अगष्टमा पछिल्लो पटक ब्याजदर घटाइएको थियो तर अहिलेको समायोजनपछि अप्रिल २०२० यताकै सबैभन्दा न्यून ब्याजदर कायम भएको छ ।

केन्द्रीय बैंकले सोमबार महत्वपूर्ण दुई ब्याजदरहरू कटौती गरेपछि अपेक्षितरूपमा नै यो समायोजन आएको हो ।

सन् २०२२ को अन्त्यतिर हटाइएको महामारीविरोधी कडा कदमको प्रभावबाट देशको अर्थतन्त्र पूर्णरुपमा उठ्न असफल भएको छ ।

चिनियाँ अधिकारीहरूले यस वर्षको लागि पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिको आधिकारिक लक्ष्य राखेका छन् । तर, यसलाई धेरै अर्थशास्त्रीहरूले महत्वाकांक्षी मानेका छन् र यो दोस्रो त्रैमासिकमा मात्र ४.७ प्रतिशतले वृद्धि भएको गत हप्ताको तथ्याङ्कले देखाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत कम्युनिस्ट पार्टीका नेताहरू बेइजिङमा एक बैठकका लागि भेला भएका बेला उनीहरूले अर्थव्यवस्थामा ‘जोखिम हटाउन’ र घरेलु खपत बढाउन बारम्बार आह्वान गरेका थिए । यद्यपि, उनीहरूले अहिलेसम्म वृद्धिलाई पुनर्जीवित गर्न केही ठोस उपायहरू प्रस्ताव गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x