Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुसलाई विभाजन गर्न खोज्नेविरुद्ध प्रतिशोध लिने पुटिनको चेतावनी

रुसलाई विभाजन गर्न खोज्नेविरुद्ध प्रतिशोध लिने पुटिनको चेतावनी


मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो देशको शक्तिशाली कानुन प्रवर्तन एजेन्सीहरूको प्रभावकारिता र अटुट वफादारीको प्रशंसा गर्दै रुसी समाजलाई विभाजन गर्न खोज्नेविरुद्ध बदला लिने चेतावनी दिएका छन् ।

पुटिनले युक्रेनमा चलिरहेको आफ्नो सैन्य आक्रमणका बीच नागरिक समाज, स्वतन्त्र मिडिया र विपक्षीहरूमाथि दशकौँ लामो दमनलाई बढाएको छ र क्रेमलिनप्रतिको असहमति र आलोचकलाई वर्षाैँ लामो जेल सजाय दिइएको छ ।

‘हाम्रो समाजलाई विभाजन गर्न मानिसहरुलाई त्रसित बनाउने, धार्मिक वा राष्ट्रिय भावनाहरूसँग खेल्ने प्रयास गर्नेहरू कहिल्यै सफल हुने छैनन्’, क्रेमलिनले पोस्ट गरेको भिडियो सन्देशमा पुटिनले भने । ‘अपरिहार्य र न्यायपूर्ण प्रतिशोध उनीहरूको प्रतीक्षामा छ ।’

रुसले नियमितरूपमा क्रेमलिनको विरोध गर्नेहरूलाई वर्णन गर्न यस्तो भाषा प्रयोग गर्दै आएको छ ।

पुटिनले रुसको ‘अनुसन्धान अधिकारी दिवस’को अवसरमा आयोजित समारोहमा यस्तो अभिव्यक्ति दिएका हुन् । उनले समारोहलाई सम्बोधन गर्दै अनुसन्धान समिति र एफएसबी सुरक्षा सेवाहरूसहित विभिन्न रूसी कानुन प्रवर्तन एजेन्सीहरूलाई सम्मान व्यक्त गरे ।

‘अनुसन्धानकर्ताहरूले पितृभूमि र हाम्रा जनताप्रति विनासर्त वफादारी देखाउँदै आएका छन्’, पुटिनले भने । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x