युरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो
पेरिस, असार १०
कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको जनाएको छ । युरोपेली अटोमोबाइल उत्पादक संघ (एसीइए) ले युरोपेली युनियन र सदस्य राष्ट्रका सरकारहरुलाई उद्योग बचाउन र रोजगारी गुम्न नदिने परिस्थिति निर्माण गर्न पनि आह्वान गरेको छ ।
युरोपमा कार बिक्रीमा व्यापक गिरावट आउने जनाउँदै ईसीईएले जारी गरेको विज्ञप्तिमा सन् २०१९ मा करिब १ करोड २८ लाख थान कार बिक्री भएकामा यस वर्ष सन् २०२० मा करिब ३० लाख थान कार बिक्री घट्ने उल्लेख छ । अर्थात् यस वर्ष करिब ९६ लाख थान कार मात्र बिक्री हुनेछन् । यस वर्ष, कोरोनाभाइरस महामारी रोक्न जारी गरिएका लकडाउन र प्रतिबन्धहरुको असरका कारण कार बजार करिब ४१.५ प्रतिशतले खुम्चिएको छ । तर एसीइएले प्रतिबन्धहरु खुकुलो हुन थालेकाले परिस्थितिमा केही सुधार हुने अपेक्षा राखिएको जनाएको छ ।
ईसीईएले युरोपको अटोमोबाइल क्षेत्रले धेरैपछि असामान्य परिस्थितिको सामना गर्नु परेको जनाएको छ । यी नकारात्मक असरलाई युरोपेली युनियन र सरकारहरुले राजनीतिक र आर्थिक मद्दतका आधारमा मिलेर मात्र हल गर्न सक्ने ईसीईएले बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया