Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको औद्योगिक नाफा साढे तीन प्रतिशत बढ्यो

चीनको औद्योगिक नाफा साढे तीन प्रतिशत बढ्यो


बेइजिङ । चीनका प्रमुख औद्योगिक फर्महरूले गतवर्षको पहिलो त्रैमासमा तीन दशमलव ५१ ट्रिलियन युआन (चार सय ८४ दशमलव एक बिलियन डलर)को कुल नाफा कमाएको छ, जुन वर्षको तुलनामा तीन दशमलव पाँच प्रतिशतले वृद्धि भएको शनिबार सार्वजनिक भएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

अर्धवार्षिक वृद्धि तथ्याङ्क जनवरीदेखि मे अवधिको तुलनामा शून्य दशमलव एक प्रतिशत बिन्दुले बढी रहेको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस)ले जनाएको छ ।

जुन महिनामा मात्रै कम्तीमा दुई करोड युआनको वार्षिक मुख्य व्यापार राजस्व भएका औद्योगिक उद्यमहरूको नाफा तीन दशमलव छ प्रतिशतले बढेको छ जुन मे महिनाको तुलनामा दुई दशमलव नौ प्रतिशत अङ्कले बढी हो । एनबीएसको औद्योगिक विभागका तथ्याङ्कविद् यु वेनिङले औद्योगिक संस्थाको नाफाको वृद्धिदरले गति लिएको र निरन्तर सुधार भइरहेको बताएका छन् ।

औद्योगिक उत्पादनमा स्थिर र तुलनात्मकरूपमा द्रुस्त वृद्धि र दोस्रो त्रैमासिकदेखि औद्योगिक उत्पादनहरूको कारखाना मूल्यमा आएको गिरावटको उल्लेखनीय संकुचनले उद्यमको राजस्वमा स्थिर रिकभरी संयुक्तरूपमा सञ्चालित भएको युले बताए ।

उपकरण उत्पादन उद्योगले औद्योगिक नाफा वृद्धिलाई बलियो समर्थन गरेको एनबीएसले उल्लेख गरेको छ । जनवरीदेखि जुन अवधिमा, उपकरण उत्पादन उद्योगको नाफा वार्षिकरूपमा छ दशमलव छ प्रतिशतले बढेको छ, जसले समग्र औद्योगिक नाफामा दुई दशमलव दुई प्रतिशत अङ्कले वृद्धि गरेको वृद्धिमा प्रमुख योगदानकर्ता प्रतिनिधित्व गर्दछ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x