Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय सेयरबजारमा ७० प्रतिशत कारोबारीले गुमाए

भारतीय सेयरबजारमा ७० प्रतिशत कारोबारीले गुमाए


नयाँदिल्ली । भारतीय सेयरबजार नियामक सेबीले गत आर्थिक वर्षमा सेयरबजारमा इन्ट्रा डे कारोबार गर्ने ७० प्रतिशत कारोबारीहरुले नोक्सानी बेहोरेको जनाएको छ । सेबीले गतसाता सार्वजनिक गरेको प्रतिवेदनअनुसार ‘इन्ट्रा डे’ कारोबार गर्ने अधिकांश लगानीकर्ताले गुमाएका छन् । सेबीले एक लगानीकर्ताले औसतमा पाँच हजार तीन सय ७१ भारु नोक्सानी बेहोरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनमा पुरुष इन्ट्रा डे कारोबारीहरुले भन्दा महिला इन्ट्रा डे कारोबारीहरुले बढी नाफा कमाउने गरेको उल्लेख छ । सेबीले विवाहित र अविवाहित कारोबारीहरुको अवस्थाको बारेमा पनि तथ्यांक प्रस्तुत गरेको छ । विवाहित कारोबारीहरुको प्रदर्शन अविवाहित कारोबारीहरुको तुलनामा राम्रो देखिएको प्रतिवेदनमा उल्लेख छ । विवाहित कारोबारीहरुले कम नोक्सान बेहोरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x