Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकालाई क्रिप्टोकरेन्सी क्यापिटल बनाउने ट्रम्पको घोषणा

अमेरिकालाई क्रिप्टोकरेन्सी क्यापिटल बनाउने ट्रम्पको घोषणा


वासिङ्छन डिसी । क्रिप्टोकरेन्सी अमेरिकी राजनीतिमा युद्धको रुपमा देखा परेको छ । अमेरिकी पूर्वराष्ट्रपति एवं आगामी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रयाटिक पार्टी र उपराष्ट्रपति कमला ह्यारिस क्रिप्टोकरेन्सीविरुद्ध भएको दाबी गरेका छन् । यससँगै क्रिप्टोकरेन्सी ट्रम्पको पार्टी रिपब्लिकनका लागि राजनीतिक युद्ध मैदानको रुपमा देखा परेको छ ।

ट्रम्पले आफू राष्ट्रपति भएको पहिलो दिन नै अमेरिकी सेक्युरिटीज एन्ड एक्सचेन्जज आयोगका अध्यक्ष ग्यारी जेन्सलरलाई बर्खास्त गर्ने बताएका छन् । उनले बाइडेनद्वारा मनोनीत अध्यक्षलाई पहिलो दिन नै बर्खास्त गर्ने बताएका हुन् । ट्रम्पले चुनावी सभामा गरेको यस्तो घोषणापछि भीडबाट ठूलो स्वरमा हर्षोल्लाससहित नारा लागेको थियो ।

ट्रम्पले अमेरिकालाई क्रिप्टोकरेन्सी क्यापिटल बनाउने बताएका छन् । उनले अमेरिकी सरकारले हाल राखेको वा प्राप्त गरेको बिटक्वाइनको एक सय प्रतिशत राख्ने र त्यसलाई राष्ट्रिय बिटक्वाइन भण्डार बनाउने घोषणा गरे । उनले राष्ट्रपति नियुक्त हुनेबित्तिकै बिटक्वाइन र क्रिप्टो राष्ट्रपति सल्लाहकार परिषद् नियुक्र गर्ने बताएका छन् । उनले क्रिप्टोकरेन्सी माइनिङ्का लागि पनि काम गर्ने बताएका छन् । उनले त्यसका लागि चाहिने बिजुली पुरा गर्न पावर प्लान्टहरु निर्माण गरिने पनि बताएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x