जापानमा उष्ण लहरको चेतावनी
टोकियो । जापनका केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्नसक्ने भन्दै त्यहाँको मौसम विज्ञान एजेन्सीले उष्ण लहरको चेतावनी जारी गरेको छ । जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटामा तीव्र उष्ण लहरको सम्भावना रहेको एजेन्सीले जनाएको छ ।
जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले उच्च चापीय प्रणालीले मुख्यतया पूर्वी र पश्चिमी जापानमा घाम लाग्ने र चिसो मौसम ल्याउन जारी राखेकाले कुमागाया, कोफु र हमामात्सु सहरहरूमा तापक्रम ४० डिग्री सेल्सियस पुग्ने सम्भावना रहेको बताएको छ ।
जेएमएका अनुसार साइतामा, माइबाशी, क्योटो र ओकायामा सहरमा दिनको उच्च तापक्रम ३९ डिग्री र मध्य टोकियो, उत्सुनोमिया, ओत्सु र कोची सहरहरूमा ३८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।
मौसम विज्ञान एजेन्सीका अनुसार सोमबार पूर्वी र पश्चिमी जापान उच्च चापीय प्रणालीले ढाकेको थियो । टोचिजी प्रिफेक्चरको सानो सहरमा तापक्रम ४१ डिग्री पुगेको थियो । यो आकडा देशमा यो वर्षकै उच्च रहेको बताइएको छ । एकै दिनमा छ स्थानमा ४० डिग्री वा सोभन्दा माथिको तापक्रम रेकर्ड गरिएको थियो । जुन एक जुलाई २०२२ पछि पहिलो पटक हो । एजेन्सीले रातको समयमा पनि २५ डिग्री भन्दा माथि तापक्रम रहने अनुमान गरेको छ ।
मौसम अधिकारीहरूले सर्वसाधारणलाई एयर कन्डिसनरहरू प्रयोग गर्न नहिच्किचाउन र बारम्बार तरल पदार्थ र नुन लिन, अनावश्यकरूपमा बाहिर निस्कन र व्यायाम नगर्न आग्रह गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया