Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविदेशी नागरिकको प्रवेश बढेपछि दक्षिण कोरियाको जनसंख्यामा वृद्धि

विदेशी नागरिकको प्रवेश बढेपछि दक्षिण कोरियाको जनसंख्यामा वृद्धि


सियोल । ठूलो संख्यामा विदेशी नागरिकहरु प्रवेश गरेपछि सन् २०२३मा दक्षिण कोरियाको कुल जनसंख्या बढेको छ । सो वर्ष दक्षिण कोरियामा विदेशी नागरिकको प्रवेश दोहोरो अङ्कको वृद्धिदरमा बढेको थियो ।

दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२३मा विदेशी नागारिक प्रवेशको वृद्धिदर करिब साढे १० प्रतिशत पुगेको छ ।

सन् २०२३ को जनगणनाअनुसार गतवर्षको नोभेम्बर १ मा कुल जनसङ्ख्या शून्य दशमलव दुई प्रतिशत अर्थात् ८२ हजार थपिएर पाँच करोड १७ लाख ७५ हजार पुगेको छ । कम्तीमा तीन महिना दक्षिण कोरिया बसेका विदेशी नागरिकको सङ्ख्या १० दशमलव चार प्रतिशतले बढेर १९ लाख ३५ हजार पुगेको छ ।

जनगणनाको तथ्याङ्कले कुल जनसंख्याको ९६ शमलव ३५ प्रतिशत रहेको स्वदेशी जनसंख्या ४९ दशमलव ८४ मिलियन रहेको देखाएको छ भने विदेशी जनसंख्या एक दशमलव ९४ मिलियन रहेको छ जुन कुल जनसंख्याको तीन दशमलव ७५ प्रतिशत हो ।

कोभिड–१९ को महामारीपछि सरकारले विदेशीका लागि कामका लागि भिसा कार्यक्रम विस्तार गरेपछि गतवर्ष दक्षिण कोरियामा धेरै विदेशी आएका थिए । गतवर्ष वृद्ध जनसङ्ख्याका कारण न्यून जन्मदर भएको र स्थानीय बासिन्दाको सङ्ख्यामा शून्य दशमलव दुई प्रतिशतले घटेर चार करोड ९८ लाख ३९ हजारमा झरेको थियो ।

आवासको उच्च मूल्य र हठी बेरोजगारीजस्ता आर्थिक कठिनाइका कारण युवा दम्पतीले बच्चा जन्माउन ढिला सुस्ती गर्ने वा बच्चा जन्माउन छोड्ने गरेका कारण दक्षिण कोरियाले लामो समयदेखि कम जन्मदरको समस्यासँग जुधिरहेको छ ।

सन् २०२३ मा १५ देखि ६४ वर्ष उमेर समूहका कामकाजी उमेर समूहको जनसङ्ख्या शून्य दशमलव चार प्रतिशतले घटेर तीन करोड ६५ लाख ४६ हजार मा झरेको छ र यो जुन कुल जनसङ्ख्याको ७० दशमलव छ प्रतिशत हो ।

सन् २०१८ देखि काम गर्ने उमेर समूहको जनसङ्ख्याको अनुपात निरन्तर घट्दै गएको छ । गत वर्ष ६५ वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाको सङ्ख्या पाँच दशमलव एक प्रतिशतले बढेर ९६ लाख नौ हजार पुगेको थियो भने १४ वर्ष वा सोभन्दा कम उमेरसमूहका वृद्धवृद्धा चार दशमलव एक प्रतिशतले घटेर ५६ लाख १९ हजारमा झरेका थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x