Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारम्यान्मारमा थप छ महिना सङ्कटकाल घोषणा

म्यान्मारमा थप छ महिना सङ्कटकाल घोषणा


म्यानमार । म्यानमारको सेनाप्रति बफादार (जुन्टा) सरकारले बुधबार आपतकालीन अवस्थालाई छ महिनाका लागि विस्तार गरेको छ । सरकारले आपत्कालीन अवस्थाको अवधि थप छ महिनाका लागि विस्तार गर्ने सर्वसम्मतिले निर्णय गरेको स्थानीय प्रसारक एमआरटीभीले जनाएको छ ।

सेनाले सन् २०२० को चुनावमा धोखाधडीको अप्रमाणित आरोप लगाएर सन् २०२१ मा आङ साङ सुकी नेतृत्वको निर्वाचित सरकारलाई सैन्य ‘कू’मार्फत हटाएर सत्ता कब्जा गरेको थियो ।

स्थापित जातीय अल्पसंख्यक सशस्त्र समूह र नयाँ प्रजातन्त्र समर्थक ‘पिपुल्स डिफेन्स फोर्स’द्वारा जुन्टाविरुद्धको सशस्त्र विरोधलाई दमन गर्न संघर्ष गर्दा यसले आपतकालीन अवस्थालाई धेरै पटक विस्तार गरेको छ ।

म्यानमाको सेनाले बनाएको सन् २००८ को संविधान जुन्टाले अझै पनि लागू गरिरहेको छ । संविधानले आपत्कालीन अवस्था हटेको छ महिनाभित्र नयाँ चुनाव गर्न निर्देश गरेको छ । संयुक्त राष्ट्र संघका अनुसार म्यान्मामा सेना र विपक्षीबीचको झडपका कारण २७ लाख मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x